Techie IT
Wednesday, July 8, 2026 | मंगलबार, असार २३, २०८३
२०८३ असार २३, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रपत्रकारलाई लाग्यो चुनाव, को–को छन् अध्यक्षको दौडमा ? (भिडिओसहित)

पत्रकारलाई लाग्यो चुनाव, को–को छन् अध्यक्षको दौडमा ? (भिडिओसहित)


काठमाडाैं । सम्पूर्ण पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनोटका लागि यहीं जेठ २६ गते निर्वाचन हुँदैछ । महासंघको परिवर्तित विधानअनुसार त्यसदिन जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व छनोटका लागि एकसाथ मतदान हुनेछ ।

यसअर्थमा अहिले देशैभरका पत्रकारलाई चुनावले छपक्कै छोपेको छ । जिल्ला र प्रदेशको नेतृत्वका लागि भएका रस्साकस्सीबारे क्रमशः चर्चा गर्दै जाउँला । तर आज चर्चा गरौं, केन्द्रीय नेतृत्वका लागि भएका चलखेल, सम्भावित समीकरण र अध्यक्षका आकांक्षीहरुबारे–

यसपालि पत्रकार महासंघ केन्द्रमा नेकपा एमालेनिकट प्रेस चौतारी र माओवादीनिकट प्रेस सेन्टरबीच चुनावी तालमेल हुने निश्चितजस्तै छ । दुई माउपार्टीबीच सत्तामा भएको समीकरणका कारण महासंघमा पनि यी दुई संगठनबीच तालमेल हुने पक्कापक्की भएको हो । तर, दुईमध्ये कुन संगठनले अध्यक्षको टिकट पाउने भन्नेचाहिँ अन्योलग्रस्त छ । अहिलेसम्म दुवै संगठनले अध्यक्षको दाबी गरिरहेका छन् ।

विगतमा प्रेस चौतारीका उम्मेदवारद्वय शिव गाउँले र महेन्द्र विष्टलाई प्रेस सेन्टरले सघाएर चुनाव जिताएको थियो । तर पछि प्रेस सेन्टरबाट उम्मेदवार भएका गोविन्द आचार्यलाई चौतारीले नसघाएर तीर्थ कोइरालालाई उम्मेदवार उठायो । त्यसपछि चौतारीले गुन बिर्सिएको भन्दै सेन्टर नराम्ररी चिढियो । जसकारण अहिले पनि सेन्टर चाहन्छ कि, विगतमा आफूहरुले लगाएको गुन सम्झेर यसपालि चौतारीले आफूलाई अध्यक्ष देओस् ।

त्यस्तै चौतारीले पनि अध्यक्षमा आफ्नो दाबीलाई सशक्तरुपमै अघि बढाउने बताइरहेको छ । पछिल्लो दुईपटक पराजित भएका कारण पनि चौतारी यसपटक नेतृत्वमा पुग्न चाहन्छ । यसरी दुवै दलले दाबी गरे पनि अध्यक्षको उम्मेदवार कुन संगठनबाट हुने भन्ने कुराको टुंगो प्रचण्ड–ओलीले नै लगाउनेछन् ।

कुन संगठनले अध्यक्षको टिकट पाउनेभन्दा पनि को उम्मेदवार बन्ने भन्ने कुरा बढी पेचिलो बनिरहेको छ । अध्यक्ष पाउने सहमति भयो भने पनि सेन्टरको आन्तरिक किचलोले उम्मेदवार छान्न निकै सकस हुने देखिन्छ । महासंघका अहिलेका महासचिव रोसन पुरी अध्यक्षका लागि अतिआकांक्षी हुन् । तर, संगठनभित्र उनी अतिअलोकप्रिय छन् । पुरीले पार्टी अध्यक्ष प्रचण्डको आशिर्वाद आफूलाई प्राप्त भएको दाबी पनि गरिरहेका छन् ।

तर, प्रचण्डले भने अर्का आकांक्षी खिलबहादुर भण्डारीलाई चुनावी तयारी गर्न देश दौडाहामा पठाएको बताइन्छ । त्यस्तै पुरीले अध्यक्ष पदको गरिमा डिजर्ब गर्न नसक्ने आवाज उठिरहेका बेला माओवादीभित्र उम्मेदवारका रुपमा महेश्वर दाहालको नाम पनि चर्चामा छ ।

त्यस्तै चौतारीले अध्यक्षको टिकट पाउने भयो भने पनि उम्मेदवारमा समस्या नै छ । अहिले चौतारीभित्र चर्चा रहेकी एक उम्मेदवार हुन्– निर्मला शर्मा । अघिल्लोपालि सेन्टर र युनियनबीच गठबन्धन हुँदा चुनाव लडेर पराजित भएकी शर्माले यसपालि आफू स्वभाविक र शक्तिशाली भएको दाबी गरिरहेकी छिन् । यद्यपि, उनको पक्षमा चौतारीको सिंगो टिम खुलेको छैन । अघिल्लोपालि चुनाव लड्दा पनि चौतारीबाहेकका महिलालाई समेट्न नसकेको र एनजिओ शैलीमा अघि बढेको आरोप निर्मलाले खेपिरहेकी छिन् । यद्यपि, चौतारीको महिला समूहले भने निर्मलालाई अध्यक्ष बनाउन व्यापक लबिङ गरिरहेको छ ।

त्यस्तै यसअघि महासचिव भइसकेका र अघिल्लोपालि निर्मालालाई अध्यक्षको टिकट छाडेको बताउने उजिर मगर पनि चौतारीबाट अध्यक्षका शक्तिशाली दाबेदार हुन् । तर माओवादी पृष्ठभूमिका उजिरलाई प्रेस सेन्टरले नरुचाउने निश्चित छ । यद्यपि, दुवै संगठनभित्रका जनजाति पत्रकारको सेन्टिमेन्ट भने उजिरले पाइरहेका छन् ।

त्यस्तै अध्यक्षका अर्का स्वभाविक र शक्तिशाली दाबेदार हुन्, अघिल्लो अधिवेशनमा प्रतिगामीको बिल्ला भिरेर निर्मला समूहबाट वरिष्ठ उपाध्यक्ष उठेर पराजित भएका माधव नेपाल । त्यतिबेला पराजित हुने जान्दाजान्दै चुनाव लडेका नेपाललाई यसपालि अध्यक्ष बनाउनुपर्ने आवाज उठिरहेको छ ।

अघिल्लोपालि चौतारीबाट महासचिवमा चुनाव लडेका बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्ष भइसकेको र निर्मला पनि समानुपातिक सांसदको बन्दसूचीमा परिसकेकाले यसपालि माधव नेपालले अध्यक्षको टिकट पाउने कतिपयको विश्वास छ । नेपाल चौतारीको केन्द्रीय सदस्य, सचिव र महासचिवहुँदै वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । संगठनलाई अप्ठेरो परेका बेला उम्मेदवार बनेका नेपाललाई अध्यक्ष बनाउनुपर्नेमा कतिपयको जोड छ ।

यद्यपि, उम्मेदवारका कारण लफडा भइरहे अध्यक्ष सेन्टरलाई सुम्पेर पदाधिकारीमा आफूनिकटका केही व्यक्ति सेट गर्न चौतारी केही अगुवा लागिपरेको बुझिएको छ ।

त्यस्तै नेपाली कांग्रेसनिकट प्रेस युनियनमा उम्मेदवारको लफडा उस्तैछ । चौतारी र सेन्टरबाहेक सबै एक भएर जान युनियनले व्यपक कसरत गरिरहेको छ । सदस्यको हिसाबले सबैभन्दा ठूलो युनियनले अरु सबैलाई समेट्न सक्यो भने चौतारी र सेन्टर मिल्दा पनि चुनावी प्रतिस्पर्धा कडै हुने देखिन्छ ।

युनियनभित्र अध्यक्षका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर फिर्ता लिएका रामजी दाहाल, यसअघि अध्यक्षको उम्मेदवारी दिएर व्याक भएका रामप्रसाद दाहाललगायतको चर्चा छ । विष्टप्रति अहिलेको युनियन नेतृत्व सकारात्मक छैन । उनीहरुको खेमाले दीपक आचार्यको नाम लिइरहेका छन् भने महिला वर्गले अनिता बिन्दुको नाम लिइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT