Techie IT
२०८१ असोज २१, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रठगीको नयाँ रुप: अनलाइनबाट अर्डर र पैसा लिने, सामान नदिने

ठगीको नयाँ रुप: अनलाइनबाट अर्डर र पैसा लिने, सामान नदिने


काठमाडौं । प्रविधिको विकाससँगै ठगीको शैलीमा परिवर्तन आएको छ । यतिसम्म कि, काठमाडौंमा दुई युवाले अनलाइनमार्फत सामानको अर्डर लिने तर सामान डेलिभर नगर्ने गरेको फेला परेको छ ।

रौतहटका शुभम साह र सत्यमकुमार सहनीले यस्तो ठगीधन्दा गरेको फेला परेको हो ।

प्रहरीका अनुसार उनीहरूले बजार एपमा सामानको तस्बिर राख्थे । तर, खरिदकर्ताले अर्डर गरेर एडभान्स रकम क्यूआरमार्फत भुक्तानी गरेपछि खरिदकर्तालाई ब्लक गरिदिन्थे । सामाजिक सञ्जाल फेसबुकमा ‘मार्केट प्लेस’ मा आकर्षक सामानको विज्ञापन राखेर उनीहरूले ठगीधन्दा चलाएको प्रहरीको भनाइ छ ।

काठमाडौँको कोटेश्वर बस्दै आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती

काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको

गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको

ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता

काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक

हेटौंडा- कुलेखानी -फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने

काठमाडौं । एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा भीमफेदी कुलेखानी फाखेल फर्पिङ सडक आइतबार

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया

Techie IT