Techie IT
Monday, June 15, 2026 | सोमबार, असार १, २०८३
२०८३ असार १, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रचलचित्र विकास बोर्डको अध्यक्षमा करिश्मादेखि दिनेश डिसीसम्मको आँखा, कसले मार्ला बाजी ?

चलचित्र विकास बोर्डको अध्यक्षमा करिश्मादेखि दिनेश डिसीसम्मको आँखा, कसले मार्ला बाजी ?


काठमाडौं । चलचित्र विकास बोर्डको अहिलेका अध्यक्ष भुवन केसीको कार्यकाल यही साउन ९ गते सकिइसकेको छ । र, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान पनि भइसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागि योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको छ ।

सूचनाअनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

विकास बोर्डमा सामान्यतया जसको सरकार छ, उही निकटको व्यक्तिले नियुक्ति पाउने परम्परा छ । जसअनुसार यसपटक नेकपा एमालेनिकट व्यक्ति नै बोर्डको अध्यक्ष हुने निश्चितजस्तै छ ।

यसपटक बोर्ड अध्यक्षका लागि सबैभन्दा बलियो दाबेदारका रुपमा देखिएका छन्, अभिनेत्री करिश्मा मानन्धर र निर्देशक दिनेश डिसी । उनीहरुसँगै अर्जुनकुमार डंगोल, दयाराम दाहाल र नरेन्द्र मर्हजनले आकांक्षा राखेका छन् । दाहाल पूर्व अध्यक्ष हुन भने महर्जन र डंगोल चलचित्र निर्माता तथा सिनेमा हल व्यवसायी हुन् । डीसी एमाले निकटका कलाकर्मीहरुको संगठनका अध्यक्ष हुन् । त्यस्तै नायिका मानन्धर २ वर्षअघि एमालेमा प्रवेश गरेकी हुन् ।

आधा दर्जनले आकाँक्षा राखेपनि डीसी र मानन्धरबीच नै टक्कर हुने देखिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

Techie IT