Techie IT
Saturday, November 8, 2025 | शुक्रबार, कात्तिक २१, २०८२
२०८२ कात्तिक २१, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररानाको रानोमा यसरी लठ्ठियो रास्वपा (भिडिओसहित)

रानाको रानोमा यसरी लठ्ठियो रास्वपा (भिडिओसहित)


काठमाडौं । केही समयअघि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र बाहिरियो । जहाँ उपसभामुख रानाले एक कार्यक्रमका लागि पाँचजना नेपालीलाई अमेरिका लैजान आग्रह गरेकी थिइन् । उपसभामुखकै लेटरहेडमा रानाले खुलेयाम यस्तो आग्रह गरेको कुरा कतै छिपेको छैन ।

उक्त पत्रका कारण चौतर्फी आलोचना भएपछि रानाले भनिन्, ‘विदेश पठाइदिने भनिएका मान्छेहरुलाई म चिन्दै चिन्दिनँ ।’ अझ सप्रमाण तथ्यहरु बाहिरिएपछि भनिन्, करुणाभावले त्यसो गरेको हुँ, मेरो नियत खराब थिएन ।’

अझ ती व्यक्तिलाई अमेरिका पठाउनका लागि रानाले पैसा लिएको, तर भिसा नलागेपछि फेरि पठाउँछु भनेर झुलाएको भन्ने विवरणसहितको अडियो पनि सार्वजनिक भएको छ । यसरी उपसभामुख रानाले अमेरिका पठाउने नाममा धन्दा गरेको प्रष्ट हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी भने चुपचाप बसिरहेको थियो । चारैतिरबाट पार्टीको धारणा माग भएपछि उसले आइतबार एक विज्ञप्ति जारी गर्यो । र भन्यो, ‘उपसभामुख राना निष्कलंक र उज्यालो छविकी हुनुहुन्छ । सत्तागठबन्धनले नियोजितरुपमा फसाउन खाजेको मात्रै हो ।’

यसरी उपसभामुख रानाले बेइमानी गरेको प्रष्ट र छताछुल्ल हुँदाहुँदै पनि जोगाउन खोज्नुले रास्वपाको ओरिजिनल चरित्रलाई बाहिर ल्याइदिएको छ । विगतमा आरोप लाग्नेबित्तिकै ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निकालेर प्रशंसा पाएको रास्वपालाई अहिलेको काण्डले भने अप्ठेरोमा पारेको छ ।

हुनतः उपसभामुख राना विगतदेखि नै विवादमा मुछिँदै आएकी पात्र हुन् । बालबालिकाको अवैध कारोबार गरेको आरोप लागेकी उनी आफूलाई भने समाजसेवी बताउँदै आएकी छिन् । विगतमा अनेक एनजिओ, आइएनजिओमा काम गरेकी रानालाई रास्वपाले टिपेर उपसभामुख बनाएको कारणबारे पार्टीभित्रै पनि कुरा उठेको बताइन्छ ।

संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) मा सहभागी हुन जाने क्रममा रानाले प्रतिनिधिका रूपमा चार पुरुष र एक महिलालाई आफूसँगै अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । उपसभामुखको लेटरप्याडमा लेखिएको पत्रमा उनले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि राष्ट्रसंघीय उक्त कार्यक्रमको प्रतिनिधि भएको दाबी गरेकी थिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन्…

चितवनमा सुरु भएको रास्वपाको विस्तारित बैठकमा केन्द्रीय नेताहरुले नै लेबी बुझाउन आनाकानी गरेपछि तनाव भएको छ ।

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

Techie IT