Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रधमिलियो रवि–बालेन सम्बन्ध

धमिलियो रवि–बालेन सम्बन्ध

बालेनसँग स्टेज सेयर नगरिकनै भारत जाँदै रवि, के ल्याउलान् कोसेली ?


काठमाडाैं । विल्कुल फरक स्वभाव र चरित्रका दुई पात्राः रवि लामिछाने र बालेन साहबीचको एकता लामो समय नटिक्ने प्रक्षेपण भइरहकैबेला उनीहको सम्बन्ध धमिलिएको सूचना बाहिरिएको छ । आफ्नो राजनीतिक भविष्य अनिश्चित देखेकै कारण बालेनलाई चुनावी अभियानको नेतृत्व दिन तयार भएका रवि लामिछाने अब कसरी अघि बढ्ने भन्नेमा विचाराधीन छन् ।

बुझिएअनुसार चुनाव सकिएपछि सर्वोच्च अदालतले महान्यायाधिवक्ता सविता भण्डारीले फिर्ता लिने भनी गरेको निर्णय उल्टाउने सम्भावना ९० प्रतिशतभन्दा बढी छ । त्यसैले पनि त्यो बेला सरकारको नेतृत्व बालेनले गर्छन् भन्ने धेरैको बुझाइ छ । र अहिले रविलाई सल्लाह र सहयोगचाहिँ रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले गरिरहेका छन् । जो रविलाई पार्टी सभापतिका रुपमा समेत लामो समय देख्न चाहँदैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा संसदीय दलको नेता चयनसमेत पार्टी सदस्यहरूले निर्वाचनको माध्यमबाट गर्ने र पार्टी सभापति नेता हुने व्यहोरा उल्लेख छ । त्यसको अर्थ हो– यदि चुनाव जितेर आए भने रवि लामिछानेले नै दलको नेतामा प्रतिस्पर्धा गर्न बेर लगाउँदैनन् । त्यो बेला अहिले भावी प्रधानमन्त्री घोषित भइसकेका बालेनलाई कसरी व्यवस्थित गर्ने भन्ने कुराले ठूलै भूकम्प ल्याउने सम्भावना छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले रविको मुद्दा फिर्ता लिएको निर्णय सर्वोच्च अदालतका धेरै न्यायाधीशलाई चित्त बुझेको छैन । त्यसैले निर्वाचनपछि रवि फेरि जेल जाने सम्भावना नै प्रबल रहेको तर्क गरिरहेका छन् । यी सबै कारणबाट अहिले अघोषितरुपमा रवि र बालेनबीच शक्ति संघर्षको थालनी भइसकेको छ । र, बुझिएअनुसार रवि लामिछाने माघको अन्तिम साता भारत जाँदैछन् ।

उनी भारतको नयाँ दिल्ली र बैंगलोरमा रहेका नेपालीसँग भोट भाग्न त्यता जान लागेका हुन् । रविको भारत यात्रालाई पनि बालेनसँग जोडेर हेरिएको छ । जनकपुरमा माघ ५ गतेको भाषणपछि उनीहरुले मञ्च सेयर गरेका छैनन् । झापालगायत पूर्वको भ्रमणबाट फर्केका साहले काठमाडौंमा रविलाई भेटेनन् ।

पार्टी कार्यालय पनि पुगेनन् तर माघ १२ गते दिनभर कुपुण्डोलको सम्पर्क कार्यालयमा आफ्ना मान्छेलाई भेटेर बालेन सुदूर पश्चिम फर्किए अनि झापा गएका छन् । यी सबै घटनाक्रमले रवि र बालेनबीच सम्बन्ध धमिलिएको धेरैको अनुमान छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT