Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रगायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक

गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक


काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत २३ गते हरिश महरा युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो ।

माया–प्रेमको मिठासपूर्ण भाव समेटिएको यस गीतमा माहदेव भट्ट र गौरी भट्टको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द र लय स्वयं माहदेव भट्टले तयार पारेका हुन्। गीतमा प्रयोग गरिएका देउडा शैलीका संवादात्मक शब्दहरूले गाउँघरको जीवन, प्रेमिल भावना र लोकसंस्कृतिको सुन्दर चित्रण गरेका छन् ।

‘सिलगडिका पल्लाचाल पुट्क्यौला मेरा’, ‘सोर सुनारकी चेली पुट्क्यौली मेरि’, ‘राम–सीता एकै खेल’ जस्ता हरफहरूले प्रेममा विश्वास, समर्पण र आत्मीयतालाई सरल तर गहिरो रूपमा प्रस्तुत गरेका छन्।

गीतका शब्दहरूमा मायालाई सुनसँग तुलना गरिँदा पनि माया तौलिन नसकिने अमूल्य भाव भएको सन्देश दिइएको छ। गीतको एरेञ्ज जयदेव देवकोटाले गरेका हुन् भने सम्पादन बिनोद बमले गरेका छन्। तरङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो भिमा थापाको निर्देशनमा तयार भएको हो। भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका छन्।

गीतको भिडियोमा हरिश महरा र अस्मिता राना मगरको अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनयले गीतका शब्द र भावनालाई अझ जीवन्त बनाएको छ। देउडा गीतमा माया–प्रेमको विषयवस्तुलाई नयाँ ढंगले प्रस्तुत गरिएको भन्दै गायक माहदेव भट्टले ‘मेरी पुट्क्यौली’ ले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT