Techie IT
Monday, June 16, 2025 | सोमबार, असार २, २०८२
२०८२ असार २, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रढल्यो ‘प्रचण्ड-सरकार’: पक्षमा- ६३ र विपक्षमा- १९४ मत

ढल्यो ‘प्रचण्ड-सरकार’: पक्षमा- ६३ र विपक्षमा- १९४ मत


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएसँगै सरकार ढलेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डलाई ६३ सांसदले विश्वासको मत दिए भने १९४ ले विपक्षमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्रसँगै नेकपा एस र रास्वपाका सांसदहरुले मतदान गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायतका दलले उनको विपक्षमा मतदान गरेका छन् ।

सत्तासझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

अब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति भइसकेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भोटेकोशी– ५ को सार्वजनिक सुनुवाइमा स्थानीयको लफडा, आयोजनाको पक्ष–विपक्षमा नाराबाजी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा बन्न लागेको भोटेकोशी–५ जलविद्युत् आयोजनाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा लफडा भएको छ । केही स्थानीयले कार्यक्रमस्थलमै

राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श

काठमाडौं । बलेफी गाउँपालिका वडा नं ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ ।

छिन्नभिन्न भए विपक्षी: माओवादीले छाडेपछि राप्रपा संसदबाट बाहिरियो, रास्वपा थचक्क…

काठमाडाैं । माओवादीले छाडेपछि रास्वपा र राप्रपा मात्रै एकै ठाउँमा आएका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले राजनीति स्वार्थका

अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार…

काठमाडाैं । कुनैबेला   हरेक  शुक्रबार  सामाजिक सञ्जालमा स्टाटस लेख्ने बालेन साह अचेल मौन छन् । सरकारलाई सराप्दा–सराप्दा हैरान भएपछि ‘के

अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता

काठमाडौं । ताप्लेजुङमा बन्न लागेको ३१.९२ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

आयो अशोक सिलवालको ‘अप्प दीपो भवः’

काठमाडौं । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको

Techie IT