Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डु १९.४ ओभरमा १४२ रन बनाउँदै अलआउट भएको हो।

काठमान्डु गोर्खाजका लागि जोन सिम्पनसनले सर्वाधिक ६० रन बनाए। उनले २९ बलमा ३ चौका र ५ छक्का सहित ६० रनको अर्धशतकीय पारी खेले।काठमान्डुले पहिलो विकेटको रूपमा ओपनर आकाश त्रिपाठीलाई रन आउटको रूपमा गुमायो। उनले ५ बलमा १ चौकासहित ४ रन बनाउँदै १.६ ओभरमा अर्जुन साउदको हातबाट डाइरेक्ट हिटमार्फत रनआउट भए।

दोस्रो विकेट वान डाउन आएका रसिद खानको विकेट गयो। उनी रञ्जित कुमारको बलमा रबि बोपाराको हातमा क्याच भए। उनले ६ रन मात्रै बनाए। तेस्रो विकेट अर्का ओपनर बेन चार्लेसवर्थको गयो। उनले १४ बलमा २ चौकासहित १३ रन बनाए। उनलाई सोहिल तान्भिरले रबि बोपाराको हातमा क्याच गराए।

काठमान्डुले पावरप्लेमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको थियो। चौथो विकेटका लागि जोन सिम्पसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गर्दै टिमको स्कोर उकासे। चौथो विकेटको रूपमा मिलिन्द कुमारको विकेट गयो। मिलिन्दले ४३ बलमा ५ चौकासहित ३८ रन बनाए। उनले २६ रन बनाउँदा क्याच मिसको रूपमा जीवनदान पाएका थिए।

पाँचौं विकेटको रूपमा जोन सिम्पसनको विकेट गयो। १२२ मा ४ विकेट गुमाएको काठमान्डुले १३३ रन बनाउँदा ९ विकेट गयो। अन्तिम विकेटको रूपमा दिपेश कँडेल ५ बलमा ६ रन बनाउँदै क्याच आउट भए। छैटौं विकेटको रूपमा जेहरार्ड इरास्मस, मोहम्मद आदिल आलम र सन्तोष यादवको विकेट एकै ओभरमा गयो।

चितवनका लागि सोहिल तान्भिरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २५ रन मात्रै खर्चिए। रञ्जित कुमार र कमल सिंह ऐरीले २–२ विकेट लिँदा रबि बोपाराले १ विकेट लिए






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना

रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ ।

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

Techie IT