Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकेपी ओली र कल्याण श्रेष्ठबीच भेट भएको कुराले राजनीतिमा नयाँ तरंग, के पाक्दैछ भित्रभित्रै ?

केपी ओली र कल्याण श्रेष्ठबीच भेट भएको कुराले राजनीतिमा नयाँ तरंग, के पाक्दैछ भित्रभित्रै ?


काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा ‘समानान्तर सत्ता’ चलाउने गरेको आरोप लागेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेटेको विषयले यतिबेला राजनीति तरंगित भएको छ ।

विगतमा ओलीप्रति तीव्र असन्तुष्टि राख्ने व्यक्तिका रूपमा चिनिन्थे, कल्याण श्रेष्ठ । अघिल्लोचोटि ओलीले गरेको प्रतिनिधिसभा विघटन उल्ट्याउन उनले भूमिका खेलेको ठान्नेहरू पनि धेरै छन् । तर, अहिले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले सुनुवाइ थाल्नुअघि यी दुईबीच गोप्य भेटवार्ता भएपछि भित्रभित्र केही पाक्दै गरेको अनुमान गरिएको छ ।

बुझिएअनुसार प्रतिनिधि सभा पुनःस्थापना गराउने र कल्याण श्रेष्ठलाई चुनावी सरकारको नेतृत्व दिने गरी पहल भइरहेको छ । त्यसका लागि संविधान संशोधन गरी संसद बाहिरको व्यक्ति पनि प्रधानमन्त्री बन्न पाउने नयाँ व्यवस्था थप्ने रोडम्याप छ । त्यसअघि कल्याणले संसद पुनःस्थापनाको पहल गर्नेछन् । ओलीले हालै पार्टीको एउटा छलफलमा प्रतिनिधिसभा पुनस्र्थापनालाई एजेण्डा बनाउनुपर्नेमा जोड दिँदै त्यस्तो संकेत गरेको पनि बताइएको छ ।

संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था छ । ७६ को उपधारा १ मा एकल बहुमतको सरकार बन्ने अवस्थाको परिकल्पना गरिएको छ । उपधारा १ अनुसार संसदमा एउटै दलको स्पष्ट बहुमत नभए दुई वा बढी दल मिलेको बहुमतको सरकार बनाउनुपर्ने उपधारा २ को व्यवस्था छ । दुई वा दुईभन्दा बढी दल मिलेर पनि सरकार बन्न नसकेको अवस्थामा उपधारा ३ मा संसदमा सबैभन्दा बढी सिट संख्या भएको दलको नेताले सरकार गठनको अवसर पाउनेछ  ।

उपधारा ३ बमोजिम गठित ‘अल्पमतको सरकार’ ले एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । यदि विश्वासको मत लिन नसके या प्रधानमन्त्रीले राजीनामा दिए उपधारा ५ को सरकार गठन प्रक्रिया शुरु हुन्छ ।

उपधारा ५ मा प्रतिनिधिसभाको कुनै पनि सांसदले ‘विश्वासको मत प्राप्त गर्न सक्छु’ भन्ने आधार देखाए राष्ट्रपतिले उसलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था छ । उपधारा ९४० र ९६० मा विश्वासको मत लिने प्रक्रिया र ९७०मा प्रतिनिधि सभाको विघटन र चुनावबारे उल्लेख छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT