Techie IT
Thursday, November 13, 2025 | बिहीबार, कात्तिक २७, २०८२
२०८२ कात्तिक २७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रलोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

बाहिरिए दर्जनभन्दा बढी भ्रष्टाचार काण्ड


काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ । लोडसेडिङ अन्त्य गरेको नाममा लोप्रियता कमाएका घिसिङले आफ्ना भाइ, भतिजाका नाममा अनेक कम्पनी खोलेर नियोजित रुपमा भ्रष्टाचार गरेको खुलेको हो ।

पछिल्लो समय नियमन आयोगको स्वीकृतिबिना भारतसँग विद्युत व्यापार सम्झौता गरेर ४३ करोड घोटला गरेको आरोप लागेका घिसिङ यसअघि पनि १२, १३ वटा ठूला भ्रष्टाचार काण्डमा मुछिएका छन् । कुलमान मिसिएको एउटा ठूलो भ्रष्टाचार काण्ड हो, स्मार्ट मिटर घोटला प्रकरण । दुई अर्बभन्दा बढी रुपैयाँ भ्रष्टाचार भएको उक्त प्रकरणमा घिसिङको प्रत्यक्ष संलग्नता देखिएको छ ।

उक्त घोटालासम्बन्धी अख्तियारमा उजुरी पनि परेको छ । र अहिले उक्त उजुरी विचाराधीन छ । उजुरीमा कुलमानसहितले नाम मात्रको टेन्डर आह्वान गरी स्मार्ट मिटर तथा विभिन्न सामग्री बजार मूल्यभन्दा ६ गुणा महंगोमा खरिद गरेको उल्लेख छ । त्यस्तै कुलमान मुछिएको अर्को भ्रष्टाचार काण्ड हो, अर्बको ट्रान्सफर्मर घोटाला प्रकरण ।

थानकोट–चापागाउँ–हरिसिद्धि प्रसारण लाइनमा बन्ने सबस्टेसनका लागि जग्गा अधिग्रहण प्रक्रिया नटुंगिँदै १५ प्रतिशत कमिसनको लोभमा नेपाल विद्युत प्राधिकरणले पावर ट्रान्सफर्मर पहिल्यै खरिद गरेको थियो । घिसिङकै नेतृत्वमा ६ अर्बभन्दा माथिको पावर ट्रान्सफर्मर लगायतका सामान किनेर भक्तपुरको खरिपाटीमा थन्क्याएर राखिएको थियो ।

अहिले ६ वर्षअघि नै खरिद गरेर थन्क्याइएका ती उपकरणहरू खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । बुझिएअनुसार त्यतिबेला १५ प्रतिशत कमिसनको लोभमा पहिल्यै सामान किनिएको थियो । यसैगरी चार करोडमा हुने काम १४ करोडमा आफ्नै दाइको कम्पनीलाई जिम्मा दिएको आरोप पनि कुलमानलाई लागेको छ ।

विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई उनले कानूनविपरीत ठेक्का दिएका थिए । करिब ४ करोड बराबरको काम बाँकी रहेको ठेक्का बीचैमा रद्द गरी कुलमानले आफ्नै दाजुको लगानी रहेको कम्पनीलाई १३ करोडमा अवार्ड गरेका थिए ।

त्यस्तै खरिद प्रक्रियामा लागत अनुमानभन्दा बढीको बोलपत्र स्वीकृत गरेर कुलमानले एकै वर्षमा राज्यकोषको झन्डै १ अर्ब हाराहारीमा नोक्सानी पुर्याएको तथ्यांक छ । महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनमा पनि उक्त कुरा उल्लेख छ ।

प्रतिवेदनमा प्राधिकरणको मनोमानीकै कारण राज्यलाई ८४ करोड ७ लाख व्ययभार परेको पनि उल्लेख गरिएको छ । यतिमात्रै होइन, कुलमानले सोलार ग्रिडमा ८४ करोड अनियमितता गरेको प्रमाण यसअघि सार्वजनिक भइसकेको छ । यी त केही नमूना काण्डमात्रै हुन्, कुलमानले लोडसेडिङ हटाएको भन्ने लोकप्रियताको आडमा अर्बौंअर्ब भ्रष्टाचार गरेका छन् । तै पनि मान्छेहरु कुलमानलाई नै देउता मानिरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग 

दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर

दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ

काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान

संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन

काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै

कुलमानले नियमन आयोगसँग अनुमति नै नलिइ ४३ करोड रुपैयाँ गडबड…

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नै नलिई भारतीय कम्पनी पीटीसीसँग ४३ करोड रुपैयाँ बराबर गडबडी गरी

Techie IT