Techie IT
Tuesday, November 11, 2025 | मंगलबार, कात्तिक २५, २०८२
२०८२ कात्तिक २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ

कांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ


काठमाडौं । मधेस प्रदेशमा सरकार गठनको विषयमा रमिता भएको छ । यतिसम्म कि, मुख्यमन्त्रीले रातारात होटलमा पुगेर नवनियुक्त मुख्यमन्त्रीलाई सपथ गराएकी छन् । र, त्यसको विरोधमा विपक्षीहरुले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।

यससँगै विपक्षी दलहरु अदालत जाने तयारीमा जुटिरहेका छन् । हो, मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवको नियुक्तिसँगै मधेश प्रदेशको सत्ता राजनीति निकै गर्माएको छ । अब मधेशमा एमाले भर्सेस मधेश केन्द्रित दलहरूको गठबन्धनबीच रस्साकस्सी चल्ने देखिएको छ ।

यसमा कांग्रेसको भूमिका के हुन्छ रु भन्ने पनि चासोको विषय बनेको थियो । यसअघि सत्ता साझेदारीमा एमालेसँगै रहेको कांग्रेस हिजो साँझ भने मधेश केन्द्रित दलहरूको गठबन्धनमा पुगेको थियो । मुख्यमन्त्रीले एमालेका यादवले ठूलो दलको हिसाबमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मधेसमा एमालेको कुल २९ सिट रहेको छ ।

सरकारलाई बहुमत पुर्याउन ५४ सिट चाहिन्छ । त्यसैले, कांग्रेससहित साना दलको साथ एमालेलाई अपरिहार्य छ । त्यसैले एमालेसँग कांग्रेस पनि बिच्किएको अहिलेकै अवस्थामा यादवले विश्वासको मत पाउने सम्भावना छैन ।

त्यसपछि के हुन्छ रु अहिले नै भन्न सकिने अवस्था छैन । मधेश प्रदेशमा पहिलोपटक एमाले संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त भएका हुन् । ०७४ को चुनावपछि मधेश प्रदेशमा कांग्रेस र एमाले सत्ता नेतृत्वमा पुग्न सकेका थिएनन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भीम रावल पनि प्रचण्ड–माधवकै पार्टीमा मिसिने, हाइ कमाण्डकै भूमिकामा राख्ने…

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा। भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित

कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो

एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान

काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने

पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी ऋणमा डुबेपछि पैसा उठाउन नयाँ ट्याक्टिस अपनाएको छ । रास्वपाले रकम संकलनका लागि समानुपातिकतर्फ

एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।

डोल्मा इम्प्याक्ट फन्डलाई लाभकर छुट दिएको विषयले तनाव

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विवादै विवादको भुमरीमा फसेको छ । जेन–जी आन्दोलनको राप–तापबाट बनेको कार्की नेतृत्वको सरकार

Techie IT