Techie IT
Thursday, June 11, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो

सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो


काठमाडौं । चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज र ११ देशका राजदूत फिर्ता गराउने ।

ती दुवै निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । र, सर्वोच्चले सरकारका ती दुवै निर्णय उल्ट्याइदियो । यसले मूलतः सरकारलाई दुईवटा सन्देश दिएको छ । पहिलो सन्देश हो– अहिलेको सरकारको काम निर्धारित समय अर्थात कात्तिक २१ गते संसदीय चुनाव गराउनु हो, सत्ता चलाउनु होइन । र, दोस्रो सन्देश हो– यो सरकारको वैधतामाथिक नै प्रश्न छ, त्यसैले कुनै पनि दुरगामी महत्वको निर्ण पाउँदैन ।

पहिलो सन्देश स्वभाविक भए पनि दोस्रो सन्देश स्वभाविक छैन । किनकि, यो सरकारको वैधतामाथि नै प्रश्न उठाउँदै सर्वोच्चमा दर्जनभन्दा बढी रिट परेका छन् । संसद विघटनविरुद्ध मात्रै होइन, अहिलेको सरकार गठन नै असंवैधानिक भएको भन्दै परेको रिटउपर संवैधानिक इजलासमा बहस भइरहेको छ । केही दिनअघि संवैधानिक इजलासले उक्त रिटउपर अन्तरिक आदेश दिन अस्वीकार गर्यो ।

यसको अर्थ हो, सर्वोच्चले अहिले राजनीतिकसँगै बाहिरी माहोल हेरिरहेको छ । र, देशको माहोलअनुसार अबकोृ हप्ता दश दिनपछि आदेश दिन्छ । त्यतिबेला संसद पुनःस्थापनाको आदेश आउने सम्भावना प्रबल छ । किनकि, यसअघि यस्तै प्रकारको मुद्दामा संसद पुनःस्थापना भएका नजिर छन् । खासमा यो सरकारले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भनेको सरकार र निर्वाचन आयोगबीच समन्वय गरी चुनावको वातावरण बनाउनु हो ।

तर सरकारले दलहरुलाई आतंकित बनाइरहेको छ । त्यसैले समयमै चुनाव हुने संभावना पनि कमजोर छ । त्यसैले समयमै चुनाव नभएर देश लामो संक्रमणमा फस्नुभन्दा संसद पुनःस्थापना गरेर अर्ली इलेक्सन गराउनु नै देशका लागि लाभदायक हुनसक्ने धेरैको बुझाइ छ ।

२७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । त्यसै दिन प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो र २१ फागुनका लागि निर्वाचन तोकिएको थियो । त्यसैले सरकारको मूल दायित्व निर्वाचन नै हो । तर, सरकारले मुख्य काम छाडेर सत्ता चलाउन थालेपछि विवाद पनि बढ्दै गएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT