Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रगिरिबन्धुको फाइल खोल्ने तयारीमा गृहमन्त्री अर्याल, कागजी प्रक्रिया मिलाइँदै

गिरिबन्धुको फाइल खोल्ने तयारीमा गृहमन्त्री अर्याल, कागजी प्रक्रिया मिलाइँदै


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बहुचर्चित गिरिबन्धु टि स्टेटमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी फाइल खोल्ने तयारी गरेका छन् । जेन जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका गृहमन्त्री अर्यालले तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोडिएको भनिएको गिरिबन्धु टी स्टेटको फाइल खोल्ने तयारी गरेका हुन् ।

एक प्रसङ्गमा गृहमन्त्री अर्यालले कसैले उक्त भ्रष्टाचारसम्बन्धी उजुरी गरे फाइल खोल्न सजिलो हुने पनि बताएका छन् । यससँगै भ्रष्टाचारको आरोप लागेका एमाले अध्यक्ष ओलीले पनि गिरिबन्धु टी स्टेटबारे निश्पक्ष छानबिन गर्न चुनौती दिएका छन् । यसरी अहिले चर्चामा रहेको गिरिबन्धुको वास्तविताबारे भने धेरैलाई थाहा नहुनसक्छ ।

खासमा तीनजना गिरी थर भएका दाजुभाइले सञ्चालन गरेको एउटा चिया उत्पादन कम्पनी हो– गिरीबन्धु । झापाका प्रेमप्रसाद, कृष्ण र त्रिलोचन गिरीले भूमिसुधार ऐन आउनुअघि नै २०२० सालमा बिर्तामोड नजिकै उक्त कम्पनी खोलेका थिए ।

२०२१ सालमा नयाँ भूमिसुधार ऐन आएपछि उक्त कम्पनीले कानुनअनुसार नै जग्गा हदबन्दी छुट मागेको थियो । र, त्यतिबेलाको सरकारले ३ सय ४३ बिघा १९ कठ्ठा जग्गा राख्न अनुमति पनि दिएको थियो । कानुनअनुसार उक्त जग्गामा चिया खेतीमात्र गर्न पाइन्थ्यो ।

चिया खेती गर्न छोडेको हदबन्दी छुट पाएको जग्गा कानुनतः सरकारको हुन्थ्यो । तर गिरीबन्धुले हदबन्दीमा पाएको जग्गालाई आफ्नो बनाउन विभिन्न राजनीतिक दल र व्यक्तिहरूलाई प्रलोभनमा पारेको र सोही अनुसार संसद एवम् सरकारबाट कानुन नै संशोधन गरेर कार्यान्वयन गरी किनबेच तथा सट्टापट्टा गर्न मिल्ने बाटो खोलिदिएको आरोप छ ।

खासमा यहीं प्रसाङ्गमा ओलीलाई भ्रष्टाचारको आरोप लागेको हो । ओली प्रधानमन्त्री रहेको बेलामा अर्थात २०७६ सालमा कानुन नै संशोधन गरेर गिरीबन्धुको जग्गा दुरूपयोग गर्ने बाटो खोलिदिएको आरोप छ । हदबन्दी छुटअन्तर्गत् निश्चित प्रयोजनका लागि विभिन्न व्यक्ति वा कम्पनीले लिएका जग्गा सट्टापट्टा गर्न र बेचबिखनसमेत गर्न पाउने गरी २०७६ साल माघमा कानुन संशोधन गरिएको हो ।

उक्त संशोधित ऐनमा थपिएको दफा १२ ‘ग’ मा कस्तो अवस्थामा बिक्री गर्न र कस्तो अवस्थामा सट्टापट्टा गर्ने भन्ने उल्लेख छ । दफा १२ ‘ग’ को उपदफा २ ले भने सट्टापट्टा गर्न सरकारले स्वीकृति दिन सक्ने व्यवस्था गरेको छ ।

यसरी बनेको विवादास्पद कानुनको कार्यान्वयन २०७८ सालमा पहिलो पटक प्रधानमन्त्री ओलीले नै गरेका थिए । त्यही बेला २०७८ वैशाख १३ गते मन्त्रिपरिषदले गिरीबन्धुलाई जग्गा साट्न दिने निर्णय गरेको थियो । यसैकारण ओलीलाई गिरिबन्धुमा भ्रष्टाचार गरेको आरोप लागेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT