Techie IT
Friday, November 7, 2025 | शुक्रबार, कात्तिक २१, २०८२
२०८२ कात्तिक २१, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेन -जी अलायन्सबाट अख्तियार प्रमुखको राजीनामा माग

जेन -जी अलायन्सबाट अख्तियार प्रमुखको राजीनामा माग


काठमाडौं  । जेन- जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै आयोगमा दबाब पत्र दर्ता गराएका छन् ।

जेन जीका १० भन्दा बढी समूहको जेन – जी मुभमेन्ट अलायन्सले मङ्गलबार संयुक्त रुपमा अख्तियार पुगेर राजीनामा दिनका लागि आग्रह गर्दै दबाब पत्र दर्ता गराएका हुन् । युवाहरूको दबाबपछि अख्तियारले उक्त पत्र दर्ता गरेको छ ।

अख्तियार प्रमुख आयुक्त राईका कार्यहरू राजनीतिक पक्षपाती रहेको र वाइडबडी घोटाला लगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा राईको नाम मुछिएकाले राजीनामा दिन आग्रह गरेको छ । राईलगायत अन्य सबै आयुक्तहरूको राजीनामा माग गर्दै अख्तियारमा निवेदन दर्ता गराएको छ ।

देशको भ्रष्टाचार नियन्त्रण गर्ने एकमात्र निकायमा हाल रहेका प्रमुख आयुक्त र आयुक्तबाट भ्रष्टाचारका साथै दण्डहीनताको अन्त्य हुने नदेखिएकाले राजीनामा माग्नुपरेको बताएकाछन् ।

युवाहरूले अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्ने र पदमुक्त भएका आयोगका पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो

चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज

Techie IT