Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति

जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति

तीन समूहले गरे बहिष्कार, सुदनको नामै बेपत्ता


काठमाडौं । २४ घण्टामै देशको सत्ता फेर्न सफल भएको जेन जी आन्दोलनको जश–अपजश कसले लिने भन्नेमा लफडा देखिएको छ । यतिसम्म कि, आन्दोलनको जश लिन दर्जनौं समूहको होडबाजी छ भने भने अपजश लिन कोही पनि तयार छैनन् । ‘झटारो जहाँ लाग्यो, त्यहीं निसानी’ भन्ने शैलीमा भएको जेन जी आन्दोलनका कारण मुलुकमा थुप्रैखाले परिवर्तन भए ।

तर बिडम्बना, त्यहीं आन्दोलन गरेको भनिएको समूहबीच नै चरम लफडा देखिएको छ । जेनजी जनआन्दोलनको म्यान्डेट संस्थागत गर्न राष्ट्रपतिसँग वार्ता गर्ने भन्दै घोषणा भएको ११ सदस्यीय टोली भित्रनै लफडा भएको हो । सरकारसँग आफ्ना मागहरू तत्काल पूरा गर्न माग गर्दै हिजो मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, लगायतका सदस्यहरूको एउटा टोली उनीहरूले बनाएका थिए ।

उक्त टोलीकै सदस्य रहेकी रक्षा बमले भने आफ्नो त्यसमा समर्थन नगरेको प्रस्ट पारेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले थाहा नै नदिई ,एकतर्फी ढङ्गले आफ्नो नाम वार्ता टोलीमा राखेको भन्दै असहमति जनाएकी हुन्। आन्दोलनको रापतापमा आफ्नो रोटी सेक्न खोज्ने फरक फरक अनुहार र समूहहरू पनि जन्मिइरहेको भन्दै त्यो निकै नै गम्भीर र दुखद कुरा रहेको उनको भनाइ छ ।

यसमा सबै चनाखो र सचेत हुनु जरुरी रहेको उनी बताउँछिन् । त्यस्तै यता अर्को तीन समूहले भने जेन जी आन्दोलनको वार्ता टोलीलाई बहिष्कार गर्ने निर्णय गरेका छन् । समूहकाअनुसार वार्तामा संलग्न केही व्यक्तिहरू अघिल्लो पटकमा संघीयता, गणतन्त्र र लोकतन्त्रविरोधी अभिव्यक्तिहरू दिँदै आएका छन्, जसका कारण उनीहरूप्रति विश्वास नरहेको जनाइएको छ ।

साथै, यही असोज ८ र ९ गतेको बैठकमा शान्ति सुरक्षाका सन्दर्भमा असहज र अपारदर्शी ढंगले कार्य भएको भन्दै समावेशी सहभागिता सुनिश्चित नगरेको ती समूहले बताएका छन् । यता नेपाली सेनासँगै भारतलके आधिकारिक मानेको सुदन गुरुङलाई भने जेन जी समूहले आफ्नो प्रतिनिधिका रुपमा स्वीकार गरेको छैन ।

उता सुदन भने यो देशको संविधान राख्ने कि फाल्ने, मन्त्री कसलाई बनाउने ? भन्ने तनावमा छन् । यसरी ठूलो उपलब्धीको सम्भावना हुँदाहुँदै पनि जेन जी समूहको निश्चित नीति र नेतृत्व नहुँदा आन्दोलन नै तुहिने सम्भावना बढेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT