Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था गरिँदै, यस्तो छ विदेशतिरको अभ्यास

विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था गरिँदै, यस्तो छ विदेशतिरको अभ्यास


काठमाडौं । फागुनमा हुने भनिएको संसदीय चुनावमा विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न दिने विषय अहिले चर्चामा छ । जसका लागि अहिलेको चुनावी सरकारले निर्वाचन आयोगलाई यसैअनुसार सुझाव पनि दिएको छ ।

नेपाल सरकारले प्रवासमा रहेका नेपालीले पनि चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्ने प्रयास गरिरहँदा विदेशतिरको अभ्यास पनि बुझ्न आवश्यक हुन्छ । तथ्यांकअनुसार अहिले विश्वका करिब १ सय ४१ देशहरूले प्रवासमा रहेका आफ्ना नागरिकलाई विभिन्न शैली र तरिकामा मतदानको सुविधा दिने गरेका छन् । अमेरिकाले राष्ट्रपति अब्राहम लिंकनकै समय अर्थात् सन् १८६२ मै देशबाहिर रहेका नागरिकलाई भोट खसाल्न पाउने व्यवस्था गरेको थियो ।

यसपछि सन् १९१८ मा बेलायत र १९४२ मा क्यानडाले निश्चित समूहका आफ्ना नागरिकलाई विदेशबाटै मताधिकार दिन सुरु गरेका थिए । सन् १९५५ मा तत्कालीन पश्चिम जर्मनीले हुलाकमार्फत भोट खसाल्न पाउने व्यवस्था गरर्यो । त्यसलाई पछ्याउँदै अस्ट्रेलियाले १९६०, फ्रान्सले १९७५, इटाली, स्पेन र पोर्चुगलले १९८० देखि प्रवासमा रहेका आफ्ना नागरिकलाई मतदानको अवसर दिँदै आएका छन् ।

अहिलेसम्म दक्षिण कोरिया, फिलिपिन्स, मेक्सिको, भारत, न्युजिल्यान्डसँगै कैयौं देशले प्रवासमा बस्ने नागरिकलाई महत्त्वपूर्ण राजनीतिक अधिकार प्रयोगको व्यवस्था मिलाएका छन् । यद्यपि देशपिच्छे र कतिपय देशमा राज्यपिच्छे यो अधिकार उपभोगको सर्त र अवस्था फरक छन् । कुन राज्यमा कस्तो खालको मतदान सुविधा छ भन्ने कुरा फरक पर्ने भए पनि अमेरिकीहरूले निर्वाचनको दिन वा अगाडि नै आफैं उपस्थित भएर वा हुलाकमार्फत, अनलाइनबाट फरक क्षमता भएका व्यक्ति र प्रवासमा बस्नेहरूले पनि मतदान गर्न पाउने व्यवस्था छ ।

विदेशमा रहेका कूटनीतिक नियोगहरूले सोही देशमा रहेका आफ्ना नागरिकका लागि मत जम्मा गरेर अमेरिकासम्म पुर्याउने व्यवस्था गर्ने गरेका छन् । विभिन्न राज्यमा बसोबास गर्ने अमेरिकी सेना र विदेशस्थित कर्मचारीले पनि विभिन्न तरिका र तोकिएको अवधिभित्र राष्ट्रपतीय तथा अन्य निर्वाचनमा मतदान गर्न पाउँछन् ।

गत वर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा झन्डै २९ लाख अमेरिकीले देशमा उपस्थित नभएरै मतदान गरेको संघीय मतदान सहायता कार्यक्रमको वेबसाइटमा छ । छमेकी भारतमा भने व्यवस्था अलिक फरक छ । भारतले विदेशमा रहने नागरिकलाई उतैबाट मत खसाल्ने अवसर दिएको त छैन तर गैरआवासीय भारतीयले आफू व्यक्तिगत रूपमा उपस्थित भएर भारतका निर्वाचनहरूमा मत खसाल्न पाउँछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT