Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमानव अधिकारद्धारा केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही गर्न माग

मानव अधिकारद्धारा केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही गर्न माग

अन्धाधुन्ध गोली चलाएर नागरिकको हत्या गरेको आरोप


काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाएर नागरिकको हत्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक मुख्य दोषी रहेको भन्दै कारबाही माग गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले दुवैमाथि कानुनी कारबाही थाल्न र जनधनको अपार क्षति सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन आयोग माग गरेको छ ।

त्यस आन्दोलनका क्रममा राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि पनि दण्डको माग गरिएको छ ।

‘स्मरणीय छ, आन्दोलनरत पक्ष स्वयम्ले घुसपैठका कारण त्यस्ता घटना घटेको बताइसकेको सन्दर्भमा त्यस्ता आपराधिक कृत्यमा संलग्नहरुको पहिचान र कारबाही हुन सकेन भने भविष्यमा त्यो प्रवृत्ति संस्थागत भएर जाने र बारम्बार राष्ट्र र समाजलाई पिरोल्ने खतरा रहेको छ,’ समाजले भनेको छ।

समाजले राज्यको ढुकुटी दोहन गर्दै पूर्वविशिष्टलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा कटौती गर्न, ध्वस्त संरचना पुनर्निर्माणका लागि सबै क्षेत्रबाट योगदान र पुनर्निर्माण मन्त्रालय बनाई आगामी दशकलाई पुनर्निर्माण दशक घोषणा गर्न, प्रहरीलगायत नागरिक प्रशासन तत्काल सुचारु गरी सेवा प्रवाह चुस्त दुरुस्त बनाउन भनेको छ ।

यस्तै, विगतमा संवैधानिक, न्यायिक निकायमा राजनीतिक–दलीय भागबण्डाका नियुक्ति पाएकालाई मार्ग प्रशस्त वा पदमुक्त गराउन पनि समाजले भनेको छ । अर्कातिर अन्तरिम सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण पनि भनिएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT