Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफागुन २१ मा चुनाव गर्न नसके पुरानै संसद ब्युँतिने सम्भावना प्रबल

फागुन २१ मा चुनाव गर्न नसके पुरानै संसद ब्युँतिने सम्भावना प्रबल

राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई अपदस्त गर्दै नयाँ नियुक्ति दिनसक्ने


काठमाडौं । देशको अत्यन्त विषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । र, प्रधानमन्त्री कार्कीको सिफारिसमा संसद विघटन गरेर फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ ।

तर अहिले परिस्थिति हेर्दा फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुन निकै चुनौतीपूर्ण छ । पहिलो कुरा त सर्वोच्च अदालतमा रिट दर्ता खुल्नेवित्तिकै संसद विघटनविरुद्ध मुद्दा पर्ने निश्चित छ । मुद्दा पर्यो र संसद विघटन बदर भयो भने राजनीतिक कोर्ष नै मोडिन्छ ।

अर्थात् फागुन २१ गते अघि नै पुरानै संसद पुनःस्थापना भएर ठूलो दलको नेताको हिसाबमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनसक्छन् । त्यस्तै, फागुन २१ मा निर्वाचन हुने भयो भने पनि ठूला तीन दलले बहिष्कार गरे भने पनि त्यसले वैधता नपाउन सक्छ । र, कथमकदाचित अनेक कारणले फागुन २१ मा अहिलेको सरकारले चुनाव गर्न सकेन भने पनि परानै संसद ब्युँतिने संभावना प्रबल छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्दा नै त्यो कुरालाई संकेत गरेका छन् । प्रधानमन्त्रीको नियुक्ति पत्र र संसद विघटनको विज्ञप्तिमा उल्लिखित भाषा हेर्दा सरकारको आयु ६ महिनामात्र भएको अनुमान गर्न कठिन छैन ।

भदौ २७ गते शुक्रबार राष्ट्रपति कार्यालयको तर्फबाट उपसचिव रूपेश थापा मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गर्नेगरी श्री सुशीला कार्की, मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’ त्यस्तै राष्ट्रपति कार्यालयले २७ गते नै जारी गरेको अर्को पत्रमा प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति तय घोषणा गरिएको छ । तर, यसमा ‘राति ११ बजेदेखि लागु हुनेगरी’ भन्दै समय नै तोकिएको छ ।

जबकि अहिलेसम्म यसरी समय नै तोकेर प्रतिनिधिसभा विघटन गर्ने अभ्यास थिएन । कार्यालयका तर्फबाट उपसचिव थापा मगरले नै जारी गरेको पत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसबमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागु हुनेगरी वर्तमान प्रतिनिधिसभाको विघठन गर्नुभएको छ ।’ सोही पत्रमा २०८२ फागुन २१ गते बिहिबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी राष्ट्रपतिले मिति तोकेको उल्लेख छ ।

त्यसैले यसबाट प्रष्ट हुन्छ कि, कुनै पनि कारण फागुन २१ गते चुनाव हुन सकेन भने यो सकारको पनि म्याद सकिन्छ र पुरानौ प्रतिनिधिसभा पुनःस्थापित हुन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT