Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअध्यदेशमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराइने सम्भावना बढ्यो

अध्यदेशमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराइने सम्भावना बढ्यो

नयाँ दल दर्ताका लागि बालेनले थालेको तयारीले पुराना दल तनावमा


काठमाडौं । जेन जी आन्दोलनपछि देशको राजनीतिकले एकैचोटि ३६० डिग्री उल्टो मोड लिएको छ । राजीतिक दल नेतृत्वको सरकार ढलेर नागरिक सरकार बनेको छ । र, संसद विघटन भएर फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति तोकिएको छ ।

यससँगै यो सरकार बन्नु ठिक कि बेठिक, संसद विघटन अनावश्यक कि अपरिहार्य, तोकिएकै मितिमा चुनाव होला कि नहोला ? चुनाव भएन भने देश कता मोडिएला ? संसद विघटनविरुद्ध सर्वोच्चमा मुद्दा पर्ला कि नपर्ला ? मुद्दा परेर संसद पुनःस्थापना भयो भने के होला ? यस्ता अनेक प्रश्नहरु उठिरहेकै छन् । यससँगै मान्छेहरुले भनिरहेका छन् कि, यत्रो ठूलो आन्दोलनको औचित्य त्यहीं सरकार फेरिनु मात्रै हो त ? पक्कै पनि होइन ।

धेरैले सरकार फेरिएसँगै देशको निर्वाचन प्रणाली फेरिने र संघीयताअन्तर्गतको प्रदेश संरचना खारेज हुने आश गरेका छन् । तर अहिलेकै अवस्थामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति हुने गरी निर्वाचन हु्ने र प्रदेश संरचना खारेज हुने अवस्था छैन । यदि, संसद नभएको अवस्थामा अध्यादेशमार्फत निर्वाचन गराउन त सकिन्छ तर त्यसका लागि राष्ट्रपति तयार हुने सम्भावना छैन ।

किनकि, अहिलेका दलहरुले पनि त्यसलाई स्वीकार्ने अवस्था छैन । अध्यादेशमार्फत नै चुनाव भए पनि त्यसलाई त्यसपछि बनेको दुईतिहाइ संसदले अनुमोदन गर्नुपर्छ । त्यतिबेला अनुमोदन भएन भने अहिले भएका सबै उपलब्धी नै खारेज हुन्छन् । त्यसैले अहिले नै संसदबाट सुधार गर्नुपर्ने कुराहरु गरेर चुनावमा जानु बुद्धिमानी हुने थियो ।

र, अहिले कतिपयले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि काठमाडौं महानगरका मेयर बालेन साहले दल दर्ता गरेर चुनावमा भाग लिने चर्चा पनि चुलिएको छ । बुझिएअनुसार बालेनले दल दर्ता गर्न लागेको कुरा पनि सत्य हो । तर, अहिलेको व्यवस्थामा बालेनको दलले दुईतिहाइ सिट जित्यो भने मात्रै त्यसपछि बन्ने संसदले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नसक्छ ।

त्यसैले अहिले नै चाहिँ त्यो कुनै सम्भावना छैन । यदि, अहिलेका दलले बहिष्कार गर्नेगरी चुनाव गर्दा पनि त्यसले सर्वस्वीकार्यता नपाउन सक्छ । त्यसतर्फ पनि सरकारले सोचेकै होला । जे होस्, अहिले निकास दिनका लागि अन्तरिम सरकार बन्नु नै उपलब्धी जस्तो देखिए पनि दीर्घकालमा यसले गम्भीर असर गर्ने देखिन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT