Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रयसरी खुल्दै छ गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्ति जलाउनेको पहिचान

यसरी खुल्दै छ गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्ति जलाउनेको पहिचान

फोटो–भिडिओ सार्वजनिक भएपछि कतिपयको भागाभाग, कतिले सामाजिक सञ्जालबाट कन्टेन्ट हटाए


काठमाडौं । जेन जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा नेता, कलाकार, युट्युबरदेखि टिकटकरसमेत संलग्न रहेको खुलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता कैलाश कटुवालले जलिरहेको सिंहदरबारभित्र आफूहरू सफल भएको भन्दै खुसी व्यक्त गरेको भिडियो सार्वजनिक भएको छ ।

त्यस्तै आगो लाग्दै गर्दा माओवादीनिकट युवा नेता विष्णु ढुंगेल सर्वोच्च अदालत परिसरमा देखिएका छन् । उनी नेपाल ल क्याम्पसका अखिल क्रान्तिकारीबाट निर्वाचित पूर्वस्ववियु सभापति हुन् । माओवादीनिकट संगीतकार चेतन सापकोटा मंगलबार सिंहदरबार जल्दै गर्दा त्यहीँ देखिएका थिए ।

सिंहदरबारभित्र आक्रामक शैलीमा औंला ठड्याएर कसैलाई गाली गर्दै गरेको उनको फोटो सामाजिक सञ्जालमा जताततै भेट्न सकिन्छ । त्यस्तै टिकटकमा ४ लाख ६६ हजार फलोअर्स रहेका मनोज केसीले जलिरहेको संसद् भवन अघिल्तिर नेपालको झन्डा ओढेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गाड्नुपर्छ’ भन्दै गाली गरिरहेको भिडियो टिकटकमा पोस्ट गरेका छन् ।

ललोकदोहोरी गायिका सुस्मिता क्षेत्री राष्ट्रपति कार्यालयमा आगलागी हुँदा त्यहीँ थिइन् । सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निकाल्नका लागि जान भीडलाई आग्रह गर्दै युट्युबर भाग्य न्यौपानेले भिडियो पोस्ट गरेका थिए, जुन भिडियो अहिले टिकटकमा भाइरल छ । न्यौपानेले भिडियोमार्फत नख्खु कारागार जान उक्साएको केहीबेरमै भीडले कारागार पुगेर लामिछानेलाई बाहिर निकालेको थियो ।

भीडले नख्खु कारागारमा आगजानी पनि गरेको थियो । कारागारमा १ हजार २ सय ८४ जना कैदीबन्दी थिए । उनीहरू त्यो दिन भागेका थिए । कारागार प्रशासनले सूचना जारी गरेपछि लामिछाने शनिबार फर्केका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला कमिटीका सहसचिव कृष्णबहादुर तामाङ कान्तिपुर टीभीमा आगजानी गर्ने कार्यमा संलग्न रहेको भिडियो सार्वजनिक भएको छ । कान्तिपुर टीभीमा आगो लगाएपछि भित्रबाट दौडिँदै कान्तिपुर टीभीको पर्खालमा आएर बसेपछि खुसी हुँदै बोलेका छन्, ‘यसको आज स्वाहा भयो ।’

थापाथलीस्थित कान्तिपुर मुख्यालयमा पहरा दिइरहेका सशस्त्र प्रहरीको घेरा तोड्न एक प्रदर्शनकारीले भीडलाई उस्काउँदै पटक–पटक चिच्याएका थिए, ‘कान्तिपुरलाई सुरक्षा किन चाहियो ? किन चाहियो  ?’भाटभटेनी सुपरमार्केटका साथै दर्जनौं निजी निवास जलाउन भीडलाई उकासेको देखिने भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।

सार्वजनिक, निजी र व्यावसायिक कम्पनीका संरचना तोडफोड, आगजनी र लुटपाटमा संलग्नको अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT