Techie IT
Friday, November 7, 2025 | बिहीबार, कात्तिक २०, २०८२
२०८२ कात्तिक २०, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रयसरी खुल्दै छ गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्ति जलाउनेको पहिचान

यसरी खुल्दै छ गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्ति जलाउनेको पहिचान

फोटो–भिडिओ सार्वजनिक भएपछि कतिपयको भागाभाग, कतिले सामाजिक सञ्जालबाट कन्टेन्ट हटाए


काठमाडौं । जेन जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा नेता, कलाकार, युट्युबरदेखि टिकटकरसमेत संलग्न रहेको खुलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता कैलाश कटुवालले जलिरहेको सिंहदरबारभित्र आफूहरू सफल भएको भन्दै खुसी व्यक्त गरेको भिडियो सार्वजनिक भएको छ ।

त्यस्तै आगो लाग्दै गर्दा माओवादीनिकट युवा नेता विष्णु ढुंगेल सर्वोच्च अदालत परिसरमा देखिएका छन् । उनी नेपाल ल क्याम्पसका अखिल क्रान्तिकारीबाट निर्वाचित पूर्वस्ववियु सभापति हुन् । माओवादीनिकट संगीतकार चेतन सापकोटा मंगलबार सिंहदरबार जल्दै गर्दा त्यहीँ देखिएका थिए ।

सिंहदरबारभित्र आक्रामक शैलीमा औंला ठड्याएर कसैलाई गाली गर्दै गरेको उनको फोटो सामाजिक सञ्जालमा जताततै भेट्न सकिन्छ । त्यस्तै टिकटकमा ४ लाख ६६ हजार फलोअर्स रहेका मनोज केसीले जलिरहेको संसद् भवन अघिल्तिर नेपालको झन्डा ओढेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गाड्नुपर्छ’ भन्दै गाली गरिरहेको भिडियो टिकटकमा पोस्ट गरेका छन् ।

ललोकदोहोरी गायिका सुस्मिता क्षेत्री राष्ट्रपति कार्यालयमा आगलागी हुँदा त्यहीँ थिइन् । सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निकाल्नका लागि जान भीडलाई आग्रह गर्दै युट्युबर भाग्य न्यौपानेले भिडियो पोस्ट गरेका थिए, जुन भिडियो अहिले टिकटकमा भाइरल छ । न्यौपानेले भिडियोमार्फत नख्खु कारागार जान उक्साएको केहीबेरमै भीडले कारागार पुगेर लामिछानेलाई बाहिर निकालेको थियो ।

भीडले नख्खु कारागारमा आगजानी पनि गरेको थियो । कारागारमा १ हजार २ सय ८४ जना कैदीबन्दी थिए । उनीहरू त्यो दिन भागेका थिए । कारागार प्रशासनले सूचना जारी गरेपछि लामिछाने शनिबार फर्केका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला कमिटीका सहसचिव कृष्णबहादुर तामाङ कान्तिपुर टीभीमा आगजानी गर्ने कार्यमा संलग्न रहेको भिडियो सार्वजनिक भएको छ । कान्तिपुर टीभीमा आगो लगाएपछि भित्रबाट दौडिँदै कान्तिपुर टीभीको पर्खालमा आएर बसेपछि खुसी हुँदै बोलेका छन्, ‘यसको आज स्वाहा भयो ।’

थापाथलीस्थित कान्तिपुर मुख्यालयमा पहरा दिइरहेका सशस्त्र प्रहरीको घेरा तोड्न एक प्रदर्शनकारीले भीडलाई उस्काउँदै पटक–पटक चिच्याएका थिए, ‘कान्तिपुरलाई सुरक्षा किन चाहियो ? किन चाहियो  ?’भाटभटेनी सुपरमार्केटका साथै दर्जनौं निजी निवास जलाउन भीडलाई उकासेको देखिने भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।

सार्वजनिक, निजी र व्यावसायिक कम्पनीका संरचना तोडफोड, आगजनी र लुटपाटमा संलग्नको अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो

चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज

Techie IT