Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपूर्वमन्त्री शेरबहादुर तामाङले भने- जेनजीको आन्दोलनको निष्पक्ष छानबिन र संवादमार्फत राजनीतिक निकास खोज्नुपर्छ

पूर्वमन्त्री शेरबहादुर तामाङले भने- जेनजीको आन्दोलनको निष्पक्ष छानबिन र संवादमार्फत राजनीतिक निकास खोज्नुपर्छ


काठमाडौं । पूर्वमन्त्री तथा संविधानसभा सदस्य शेरबहादुर तामाङले हालै देशभर भएको जेन जी आन्दोलनका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

भाद्र २३ गते माईतीघरमा भ्रष्टाचार नियन्त्रण र वाक स्वतन्त्रता सम्बन्धी माग राख्दै भएको आन्दोलनमा १९ जना युवाको मृत्यु र सयौं घाइते भएकामा शोक व्यक्त गर्दै उनले शहिदप्रति श्रद्धाञ्जली अर्पण र पीडित परिवारप्रति संवेदना प्रकट गरेका छन् ।

आन्दोलनपछि भाद्र २४ गते देशभर देखिएका आगजनी, तोडफोड, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश, कैदीबन्दी भाग्ने, सरकारी अभिलेख नष्ट हुने जस्ता घटनाले राष्ट्रलाई दशकौँ पछाडि धकेलेको भन्दै उनले यस्तो विध्वंसकारी गतिविधि कसरी र किन भयो भन्नेबारे सत्य तथ्य छानबिन हुनुपर्ने बताएका हुन् ।

तामाङले भ्रष्टाचार विरोधी अभियानमा आफू पूर्णरूपमा साथमा रहेको उल्लेख गर्दै न्यायालय, अख्तियार, विशेष अदालत जस्ता संवैधानिक निकायका अभिलेख जलाउनु आपत्तिजनक भएको टिप्पणी पनि गरे ।

२०७५ सालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहँदा आफूले सम्पत्ति विवरण सार्वजनिक गर्ने, कमिशनसम्बन्धी कानुन र सार्वजनिक खरिद ऐन संशोधनमार्फत भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास गर्दा षड्यन्त्रमा फसाइएको स्मरण गर्दै उनले फेरि पनि इमानदार प्रयासलाई जनसमर्थन आवश्यक भएको बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT