Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै

अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै


काठमाडौं । अमेरिकाबाट थप ३७ नेपाली निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासन गरेका सबै ३७ जनालाई चार्टर विमानबाट बुधबार नेपाल फिर्ता गरिएको हो । अध्यागमन विभागकाले बुधबार दिउँसो चार्टर विमानबाट उनीहरूलाई नेपाल ल्याइपुर्र्याएको जनाएको छ ।

उनीहरूलाई अमेरिकाले ‘उडान नम्बर एन ८२८ एएक्स’ नम्बरको जहाजबाट नेपाल ल्याइएको हो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता आधिकारिक कागजात नभएका र ‘आपराधिक’ गतिविधिमा संलग्न रहेको आरोप लागेकासहितका आप्रवासीलाई देश निष्कासन गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै हालसम्म २ सय १५ नेपाली ‘डिपोर्ट’ भइसकेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको अभिलेखअनुसार हालसम्म १ सय ९७ पुरुष र १८ महिलालाई अमेरिकाबाट काठमाडौं ल्याएर छाडिएको छ । हालसम्म ‘डिपोर्ट’ भएर नेपाल फिर्ता हुनेमा २८ जिल्लाका रहेकामा थप ३७ जनालाई पनि विमान चार्टर गरेर अमेरिकाले नेपाल पठाएको हो ।

अध्यागमन विभागका अनुसार हालसम्म अमेरिकाबाट नेपाल पठाइनेमा दाङ, पश्चिम रुकुम, पूर्वी रुकुम, सल्यान, म्याग्दी, पर्वत, बाँके, रोल्पा, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौं, जाजरकोट, दोलखा, कास्की, कैलाली, कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका छन् । सबैभन्दा बढी दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका छन् ।

‘डिपोर्ट’ भएर आउनेहरू अधिकांश संगठित गिरोहलाई रकम बुझाएर तल्लो रुट (अवैध बाटो) बाट अमेरिका प्रवेश गरेका देखिएको प्रहरीले जनाएको छ । विभिन्न देशमा सक्रिय गिरोहमार्फत तल्लो रुटबाट अमेरिका पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले २० जनवरी २०२५ बाट दोस्रो कार्यकाल सुरु गरेलगत्तै नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएपछि त्यहाँको अध्यागमन र भन्सारको संयुक्त संयन्त्रले कागजातविहीन आप्रवासीलाई धरपकड सुरु गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT