Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकिन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? 

किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? 


काठमाडाैं । भारतले विगतदेखि नै हामीलाई हेपिरहेको छ । अझ सीमाको विषयमा भारतले गरेको व्यवहार अतिनै टिठ लाग्दो छ । यसैबीच अहिले फेरि लिपुलेक विवाद बल्झिएको छ ।

नेपाललाई थाहै नदिइन नेपाली भूगाग प्रयोग गर्ने विषयमा चीन र भारतले सम्झौता गरेर नेपाली स्वाभिमानमा गम्भीर प्रहार गरेको छ । यसै विषयमा नेपालले भारतलाई १० वर्षमा ८ पटक कूटनीतिक नोटसमेत पठाइसकेको छ । तर भारतले यी नोटहरूको कुनै जवाफ दिएको छैन, जसले सीमा विवादलाई जटिल बनाएको छ ।

नेपालले चीनलाई पनि कूटनीतिक नोट पठाएको छ, तर चीनले एक पटक मात्र जवाफ दिएको छ। पश्चिममा रहेको आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमाथि भएको अतिक्रमण र सीमाका अन्य हस्तक्षेपलाई लिएर नेपालले १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट पठाएको हो ।

यसअघि पठाइएका ७ नोट अनुत्तरित रहेकै बेला नेपालले आठौं पटक भारतलाई झकझकाएको हो । सीमा र नेपालीभूमि प्रयोगकै विषयलाई लिएर चीनलाई पनि ३ पटक कूटनीतिक नोट पठाएको हो । चीनले पनि एक पटक मात्र जवाफ दिएको छ । नेपालले २०७६ सालमै दुईपटक, ७७ सालमा दुईपटक, ७८, ७९ र ८२ सालमा एक–एकपटक गरी नेपालले ८ पटक कूटनीतिक नोट पठाएको छ । त्यस्तै नेपालले २०७२, ७७ र ८२ सालमा चीनलाई कूटनीतिक नोट पठाएको छ ।

पछिल्लो पटक नेपालको सहमतिबिना आफ्नो भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनले सम्झौता गरेकामा असन्तुष्टि जनाउँदै नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको हो । भारत र चीनबीच नयाँदिल्लीमा गत मंगलबार दुईपक्षीय व्यापार सम्झौता भएको थियो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार सरकारले दुवै देशलाई अलग–अलग कूटनीतिक नोट पठाएको हो । भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले भारतसँग नेपाली भूमि लिपुलेक नाका हुँदै व्यापार सुचारु गर्ने सहमति गरेकामा नेपालले असन्तुष्टि जनाउँदै दुवै मुलुकलाई नोट पठाएको हो ।

नेपालको भूमि प्रयोगलाई लिएर छिमेकी दुई देशले सहमति गरेपछि नेपालमा संसद्देखि नागरिकस्तरसम्म चर्को विरोध भइरहेको छ । भारतलाई पठाइएको कूटनीतिक नोटमा नेपाल–भारतबीच स्थापित संयन्त्रबाटै छलफल गरेर सीमा विवादमा समाधान खोजिने र यसले नै निकास दिने प्रस्ट पारिएको छ ।

भारतसँग सीमा विवादमा प्रत्यक्ष रूपमा काम गरिरहेको गृहसचिवस्तरीय संयन्त्र हो । यस्तै नापी विभागअन्तर्गत ‘बाउन्ड्री वर्किङ ग्रुप’ले पनि सीमा विवादमा काम गरिरहेको छ । त्योबाहेक नेपाल–भारत संयुक्त आयोग पनि छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT