Techie IT
Saturday, December 13, 2025 | शनिबार, मंसीर २७, २०८२
२०८२ मंसीर २७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररवि लामिछानेले चाहेका न्यायाधीश नपरेपछि स्थगित गराइयो इजलास

रवि लामिछानेले चाहेका न्यायाधीश नपरेपछि स्थगित गराइयो इजलास

माग्दै नमागी धरौटी बुझाएको घटनाले न्याय क्षेत्रनै तरंगित


काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेले दर्ता गरेको मुद्दाका लागि तोकिएको इजलासमा आफूले चाहेका न्यायाधीश नपरेपछि सुनुवाइ नै स्थगित गराइएको छ । बुझिएअनुसार उक्त मुद्दाको पेशी न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा परेको थियो ।

तर इजलास निश्चित भएपछि लामिछानेकै कानुन व्यवसायी राजेन्द्र थापाले आफू बिरामी परेको भन्दै सुनुवाइ स्थगित गराएका थिए । अदालतका अनुसार न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले सोमबार विपक्षीलाई जानकारी दिने आदेश गरेको थियो । त्यसपछि अदालत प्रशासनले मंगलबार पेसी तोकेकामा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको थियो ।

योगीले नै सुरुको मुद्दामा लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएका थिए । त्यसैले यसपालि उनले यो मुद्दा हेर्न नमिलेपछि बुधबार अर्को पेसी तोकिएको थियो । र, बुधबारको पेसी थापा मगरको इजलासमा परेको थियो ।

सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चबाट पनि सदर भइसकेको अवस्थामा रास्वपाका सभापति रवि लामिछानेले थुनामुक्त हुन जिल्ला अदालत रूपन्देहीमा फेरि निवेदन दिएका हुन् । उनले आफूखुसी बिगो बुझाएर छुट्न पाऊ भनी बैंक जमानत पनि अदालतमा पेस गरेका छन् ।

थुनामा रहेको व्यक्ति कसुरदार होइनन् भन्ने प्रमाणित नभएसम्म बीचबाटै थुनामुक्त हुने अभ्यास नभए पनि लामिछानेले भने अनौठो अभ्यास थालेका छन् । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी र संगठित अपराधको मुद्दामा रूपन्देही जिल्ला कारागारमा थुनामा रहेका निलम्बित सांसद लामिछानेले थुनामुक्त गर्न माग गर्दै सोमबार जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।

निवेदनसँगै सहकारी ठगी र संगठित अपराधको मुद्दामा उनका नाममा कायम भएको बिगोबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको प्रभु बैंकको जमानत बुझाएका थिए । अदालतमा मुख्यसहित १० न्यायाधीश छन् । तीमध्ये सुरु मुद्दाको आदेश गरेका योगीबाहेक अन्य जुनसुकै इजलासमा परे पनि मुद्दामा बहस हुन सक्छ ।

उता, लामिछानेका कानुन व्यवसायी थापाले भने आफूले मुद्दा अध्ययन गर्ने समय नै नपाएका कारण स्थगनका लागि निवेदन पठाएको बताए । लामिछानेले बैंक जमानतमार्फत राखेको रकम शुभचिन्तक आफन्तमार्फत प्राप्त हुन आएको पनि उनले उल्लेख गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन

हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल ।

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्।

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

Techie IT