Techie IT
Friday, July 10, 2026 | शुक्रबार, असार २६, २०८३
२०८३ असार २६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनयाँ सत्ता समीकरणको अन्तर्य- प्रदेश खारेजदेखि निर्वाचन प्रणाली परिमार्जनसम्म (भिडिओसहित)

नयाँ सत्ता समीकरणको अन्तर्य- प्रदेश खारेजदेखि निर्वाचन प्रणाली परिमार्जनसम्म (भिडिओसहित)

अब कसरी बन्छ नयाँ सरकार ?


काठमाडौं । सोमबार मध्यराति संसद्का दुई ठूला दल, नेपाली कांग्रेस र नेकपा एमालेबीच एउटा गम्भीरखाले सहमति भएको छ । झट्ट हेर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउनका लागि मात्रै दुई दलबीच सम्झौता भएको जस्तो देखिन्छ । तर यसको अन्तर्य निकै गम्भीर र दूरगामीखाले छ ।

दुई दलबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ । सहमतिअनुसार दुवै दलले पालैपालो सरकार चलाउने, पहिला एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्ने छ । त्यसैगरी प्रदेशमा पनि ४–३ का दरले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

यससँगै सबैभन्दा महत्वपूर्ण कुरा त यो छ कि, दुई दलबीच निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने पनि समझदारी भएको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गराउने भनिएको छ ।

यसो भन्नुको अर्थ, अहिलेको पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई परिमार्जन गर्नु हो । बुझिएअनुसार समानुपातिक निर्वाचन प्रणालीबाट आएकालाई राष्ट्रियसभामा लैजाने, प्रतिनिधिसभाको संख्या घटाउने, दुई तहको मात्रै संघीय संरचना राख्ने अर्थात् प्रदेश खारेज गर्नेलगायत विषयमा कांग्रेस र एमाले सहमत भएका छन् ।

यसप्रति अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि गम्भीर शंका गरेका छन् । उनले आन्दोलनबाट स्थापित गणतन्त्रबाहेक अरु व्यवस्था उल्ट्याउन खोजेको शंका पनि गरेका छन् ।

मूलतः संविधान संशोधन गर्न, निर्वाचन प्रणाली सुधार गर्न, बाह्य नीति एक हुन, भ्रष्टाचार कम गरेर मुलुकलाई निकास दिन राष्ट्रिय सरकारको आवश्यकता भएको धेरैको बुझाइ छ । लोकतन्त्र बलियो बनाउन कांग्रेस र एमाले मिलेरै अघि बढ्नुपर्ने कतिपय राजनीतिक विश्लेषकको पनि बुझाइ छ ।

अब कसरी बन्छ नयाँ सरकार ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेस र नेकपा एमालेसहितको नयाँ सरकार बन्ने निश्चित भएको छ । कांग्रेस र एमालेबीच गएराति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारीसँगै १८ महिना अघि गठन भएको प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको हो। यससँगै अब नयाँ सरकारी कसरी बन्छ भन्नेमा धेरैको चासो छ ।

अब सत्तारुढ एमाले वा कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अर्को सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुन्छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएमा पनि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्छन् । तर प्रचण्ड राजीनामा दिने मुडमा छैनन् ।

अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाएर फिर्ता बोलाउने सम्भावना छ । नेपालको संविधानअनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिन सक्नेछन् । राजीनामा नदिएमा विश्वासको मत लिने अधिकतम अवधिसम्म उनी सरकारमा रहने संवैधानिक आधार कायम हुनेछ । उनले राजीनामा नदिए बढीमा १८ साउनसम्म प्रचण्ड सरकार कायम हुने सम्भावना रहन्छ ।

प्रधानमन्त्री दाहालले राजीनामा दिएमा वा प्रतिनिधिसभामा विश्वासको मत नपाएर उनी पदमुक्त भएमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने हुन्छ । र त्यसपछि नयाँ सरकार निर्माणले गति लिन्छ ।

संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।

अहिले प्रतिनिधिसभामा कसैको पनि स्पष्ट बहुमत नभएकाले धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । संविधानको धारा ७६ (२) मा दुई वा त्योभन्दा बढी पार्टीको समर्थन पाउने दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।

हेर्नुहोस् भिडिओ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र…

नेपालको भन्सार प्रणालीबाट सङ्कलित राजस्व राष्ट्रिय बजेटको प्रमुख स्रोत हो। तर संघीय संरचनामा भन्सार राजस्व प्रत्यक्ष रूपमा स्थानीय समुदायको विकाससँग

Techie IT