Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रचण्डले विद्या भण्डारीलाई प्रयोग गरेर एमाले हुँडल्न खोजेको शंका

प्रचण्डले विद्या भण्डारीलाई प्रयोग गरेर एमाले हुँडल्न खोजेको शंका


काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी पुनः राजनीतिमा सक्रि हुन लागेसँगै राजनीतिक वृत्त नराम्ररी गर्माएको छ । राजनीतिमा भण्डारीको पुनरागमनलाई कतिपयले अपरिहार्य भनेका छन् भने कतिपयले अस्वभाविक भनेर तर्क गरिरहेका छन् ।

बाहिर जे जे भए पनि एमालेभित्र यसले अनपेक्षित तरंग ल्याएको छ । यससँगै नेपालमा वामएकताको झ्याली पिट्नेहरुले पनि भण्डारीको राजनीतिक पुनरागमनलाई स्वर्णिम सम्भावनाका रुपमा लिएका छन् । यतिसम्म कि, एकाथरीले त भण्डारीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयोग गरेको अर्थमा समेत बुझेका छन् ।

यसअघि माधवकुमार नेपाललाई प्रयोग गरेर एमाले कब्जा गर्ने रणनीति असफल भएपछि प्रचण्डले अपनाएको दोस्रो ट्याक्टिसका रुपमा पनि यसलाई हेरिएको छ ।

भण्डारीलाई एमालेको नेतृत्वमा पुर्याउने, वामएकताको नाममा माओवादी–एकीकृत समाजवादीसँग एकता गराउने, एकतापछि त्यसको नेतृत्व प्रचण्डले गर्ने रणनीतिका साथ अहिलेका गतिविधि भइरहेको आकलन पनि गरिएको छ । यी सबै अनुमानहरु सत्य नहुन सक्छन् । तर, विद्या भण्डारीको पुनरागमनले एमालेमा तनाव बढेको चाहिँ सत्य हो ।

भण्डारीको त्रासकै कारण एमालेले विधानबाट ७० वर्षे उमेर हद र दुई कार्यकाल मात्रै अध्यक्ष हुन पाउने व्यवस्था नै परिवर्तन गर्दैछ । अर्थात्, एक खेमाका नेताहरुले ओलीलाई नै फेरि अध्यक्ष बनाउन खोजिरहेका छन् ।

अहिले बुझिएअनुसार भण्डारीका पक्षमा नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट र रघुवीर महासेठ खुलेर लागेका छन् ।

त्यसैगरी अध्यक्ष ओलीका पक्षमा उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट र पद्माकुमारी अर्यालहरु लागेका छन् ।

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र गुरु बराल तटस्थ जस्तै छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँगै सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्माले प्रष्टसँग मुख खोलेका छैनन् ।

त्यस्तै भण्डारीको पक्षमा पोलिट्युवरो सदस्यहरु युवराज ज्ञवाली, कर्ण थापा, गोकुल बाास्कोटा, आनन्द पोखरेल, सीता पौडेल, पुरुषोत्तम पौडेल र अरुण नेपाल खुलेका छन् भने ओलीको पक्षमा प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेत र सूर्य थापालगायत छन् ।

यसरी पार्टी अध्यक्ष ओली र भण्डारीको पक्ष–विपक्षमा नेताहरु कित्ताकाट हुँदा कार्यकर्ता भने निराश भएका छन् ।
०००






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT