Techie IT
Wednesday, December 3, 2025 | बुधबार, मंसीर १७, २०८२
२०८२ मंसीर १७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रचण्डले विद्या भण्डारीलाई प्रयोग गरेर एमाले हुँडल्न खोजेको शंका

प्रचण्डले विद्या भण्डारीलाई प्रयोग गरेर एमाले हुँडल्न खोजेको शंका


काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी पुनः राजनीतिमा सक्रि हुन लागेसँगै राजनीतिक वृत्त नराम्ररी गर्माएको छ । राजनीतिमा भण्डारीको पुनरागमनलाई कतिपयले अपरिहार्य भनेका छन् भने कतिपयले अस्वभाविक भनेर तर्क गरिरहेका छन् ।

बाहिर जे जे भए पनि एमालेभित्र यसले अनपेक्षित तरंग ल्याएको छ । यससँगै नेपालमा वामएकताको झ्याली पिट्नेहरुले पनि भण्डारीको राजनीतिक पुनरागमनलाई स्वर्णिम सम्भावनाका रुपमा लिएका छन् । यतिसम्म कि, एकाथरीले त भण्डारीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयोग गरेको अर्थमा समेत बुझेका छन् ।

यसअघि माधवकुमार नेपाललाई प्रयोग गरेर एमाले कब्जा गर्ने रणनीति असफल भएपछि प्रचण्डले अपनाएको दोस्रो ट्याक्टिसका रुपमा पनि यसलाई हेरिएको छ ।

भण्डारीलाई एमालेको नेतृत्वमा पुर्याउने, वामएकताको नाममा माओवादी–एकीकृत समाजवादीसँग एकता गराउने, एकतापछि त्यसको नेतृत्व प्रचण्डले गर्ने रणनीतिका साथ अहिलेका गतिविधि भइरहेको आकलन पनि गरिएको छ । यी सबै अनुमानहरु सत्य नहुन सक्छन् । तर, विद्या भण्डारीको पुनरागमनले एमालेमा तनाव बढेको चाहिँ सत्य हो ।

भण्डारीको त्रासकै कारण एमालेले विधानबाट ७० वर्षे उमेर हद र दुई कार्यकाल मात्रै अध्यक्ष हुन पाउने व्यवस्था नै परिवर्तन गर्दैछ । अर्थात्, एक खेमाका नेताहरुले ओलीलाई नै फेरि अध्यक्ष बनाउन खोजिरहेका छन् ।

अहिले बुझिएअनुसार भण्डारीका पक्षमा नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट र रघुवीर महासेठ खुलेर लागेका छन् ।

त्यसैगरी अध्यक्ष ओलीका पक्षमा उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट र पद्माकुमारी अर्यालहरु लागेका छन् ।

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र गुरु बराल तटस्थ जस्तै छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँगै सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्माले प्रष्टसँग मुख खोलेका छैनन् ।

त्यस्तै भण्डारीको पक्षमा पोलिट्युवरो सदस्यहरु युवराज ज्ञवाली, कर्ण थापा, गोकुल बाास्कोटा, आनन्द पोखरेल, सीता पौडेल, पुरुषोत्तम पौडेल र अरुण नेपाल खुलेका छन् भने ओलीको पक्षमा प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेत र सूर्य थापालगायत छन् ।

यसरी पार्टी अध्यक्ष ओली र भण्डारीको पक्ष–विपक्षमा नेताहरु कित्ताकाट हुँदा कार्यकर्ता भने निराश भएका छन् ।
०००






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् ।

सुनचाँदीको मूल्यमा निरन्त वृद्धि

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो

कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Techie IT