Techie IT
Wednesday, December 3, 2025 | बुधबार, मंसीर १७, २०८२
२०८२ मंसीर १७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती

एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती

ओलीको साथ नपाउन्जेल सास्तीको संकेत


काठमाडौं । एमालेको राजनीतिमा पुनरागमन गर्न लागेकी पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि चुनौतीको चाङ नै लागेको छ । अहिलेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक नभएसम्म भण्डारीलाई एमालेको राजनीतिमा सक्रिय हुन निकै चुनौती देखिएको हो । एक हिसाबमा विद्यालाई पार्टी प्रणालीको प्रक्रिया पूरा गर्न संस्थापन पक्षले चुनौती नै दिएको छ ।

अहिले पार्टी सदस्य मात्रै भएकी विद्या सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा सहभागी हुन पाउने छैनन् ।

भदौमा हुने विधान महाधिवेशनमा १० औं महाधिवेशनका प्रतिनिधि मात्रै सहभागी हुन पाउँछन् । विद्या अघिल्लो महाधिवेशनकी प्रतिनिधि पनि होइनन् । यसैले उनका निम्ति विधान महाधिवेशनको ढोका पनि खुल्ने छैन । अब बैठकको तयारीका लागि आवश्यकता महसुस गरिए सचिवालय र स्थायी कमिटीको बैठक बस्नेछ ।

साउन २ गते पोलिटब्युरो र ५ गतेदेखि केन्द्रीय कमिटीको बैठक बस्दैछ । यी बैठकले विद्याका लागि औपचारिक निर्णय नगरे विधान महाधिवेशनमा उनले सहभागिता जनाउन पाउने छैनन् । अर्कातिर, भण्डारी ७० वर्षे उमेरहद हटोस् र दुईपटकको कार्यकाल नहटोस् भन्नेमा छिन् ।

तर, संस्थापन पक्ष झन् कठोर हुने तयारीमा छ । महासचिव शंकर पोखरेलले विधान महाधिवेशनबाट ७० वर्षे उमेरहद हट्ने प्रस्ट्याएका छन् । आइतबार नै भएको एक कार्यक्रममा पोखरेलले विधान महाधिवेशनमा नेतृत्वका लागि ७० वर्षे उमेरहद हटाउन प्रस्ताव लाने बताएका हुन् । यस्तोमा भण्डारीले गरेको यो अपेक्षा पनि पूरा नहुने भएको छ ।

एमालेले विधान संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा विधान मस्यौदा समिति बनाएको छ । र, बुभिएअनुसार राष्ट्रपति वा साझा पदमा गइसकेकाको विषयमा परिभाषित गर्नेसम्मको तयारी भएको छ । त्यस्तै अहिले विद्या भण्डारीले पार्टी अध्यक्ष ओलीसँग भेट्न प्रयास गरिरहेकी छिन् । तर ओलीले भण्डारीसँग भेट्न चाहिरहेका छैनन् ।

राजनीतिमा सक्रिय हुने भने पनि संस्थापन पक्ष सन्तुष्ट नभएसम्म भण्डारीलाई गाह्रै पर्ने देखिन्छ । माओवादीले जसरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा स्वागत गर्यो, विद्या भण्डारीलाई पनि एमालेले त्यसैगरी स्वागत गर्ने अपेक्षा थियो ।

तर, परिणाम त्यस्तो भएन । समग्रमा भन्नुपर्दा, केपी ओली फेरि एमालेको नेतृत्वमा दोहोरिने कुरा ठिक नभए पनि राष्ट्रपति भइसकेको मान्छे गुट राजनीतिमा झर्नु पनि गलतै हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् ।

सुनचाँदीको मूल्यमा निरन्त वृद्धि

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो

कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Techie IT