Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविश्वासको मत नपाउने जोखिम देखेपछि तर्कन खोज्दै ओली, दबाब बढाउँदै प्रतिपक्षी दलहरु

विश्वासको मत नपाउने जोखिम देखेपछि तर्कन खोज्दै ओली, दबाब बढाउँदै प्रतिपक्षी दलहरु


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै फेरि विश्वासको मत लिनुपर्ने दबाबमा परेका छन्, प्रधानमन्त्री केपी शर्मा ओली । तर उनी अहिले कुनै पनि हालतमा विश्वासको मत नलिने लाइनमा छन् ।

सत्तामा रहेका दुई ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको संख्या जोड्दा सरकारले अहिले बहुमत गुमाएको अवस्था छैन । स्पष्ट बहुमत कायम छ । यस अवस्थामा सरकारले विश्वसको मत लिइरहनु नपर्ने कतिपयले बताउँदै आएका छन् । र, यहीं आधारमा प्रधानमन्त्री ओली पनि विश्वासको मत नलिने मनस्थितिमा छन् ।

खासगरी दुई पक्षबीच कुराहरू बाझिँदा अहिल जनतामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने कि नपर्ने भन्ने कौतुहलता बढेको छ । संविधानका धारा १ सयको उपधारा २ ले प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिए ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने संविधानको व्यवस्था छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा स्पेन भ्रमणबारे जानकारी गराएपछि बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरूले ‘विश्वासको मत कहिले लिनुहुन्छ भन्नेरु’ भन्ने प्रश्न गरेका थिए । सञ्चारकर्मीहरूको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘कसले अविश्वास गरेको छ र विश्वासको मत लिनुरु,’ भन्दै प्रतिप्रश्न गरेका थिए ।

यसले थप अन्यौलता देखिएको छ तर नागरिक उन्मुक्ति पाटीर्ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र प्रतिनिधि सभामा पठाइसकेको र प्रतिपक्ष दलको हैसियतमा प्रतिपक्षीहरू तर्फको सिटमा सोमबारको बैठकबाट नै बसिसकेको छ । त्यसबारेमा पनि सञ्चारकर्मीहरूले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले त्यसबारेमा ख्याल नगरेको प्रतिक्रिया दिएका छन् ।

यो सहित कांग्रेस र एमालेसँग स्पष्ट बहुमत हुँदाहुँदै पुनः विश्वासको मत लिनु नपर्ने कतिपय विज्ञहरूको दाबीले विश्वासको मत प्रधानमन्त्रीले लिन्छन् कि लिँदैनन् भन्ने अन्योलता छ । संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरी भने संविधानतः प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताएका छन् ।

मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संविधानको धारा १ सयको उपधारा २ र प्रतिनिधि सभा नियमावलीको नियम १५५ अनुसार प्रधानमन्त्रीले सरकारलाई दिएको समर्थन कुनै पनि एक दलले फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको बताए ।

नागरिक उन्मुक्ति पार्टीले आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र अब विपक्षी बेन्चमा बस्ने भनेर पत्र पठाएको थियो । प्रधानमन्त्रीले विश्वासको मतको प्रस्तावका लागि संसद सचिवालयमा पत्र पठाएपछि सचिवालयले प्रक्रिया अघि बढाउनेछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT