Techie IT
Thursday, July 3, 2025 | बिहीबार, असार १९, २०८२
२०८२ असार १९, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअब कसरी बन्छ नयाँ सरकार ?

अब कसरी बन्छ नयाँ सरकार ?


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेस र नेकपा एमालेसहितको नयाँ सरकार बन्ने निश्चित भएको छ । कांग्रेस र एमालेबीच गएराति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारीसँगै १८ महिनाअघि गठन भएको प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको हो। यससँगै अब नयाँ सरकार कसरी बन्छ भन्नेमा धेरैको चासो छ ।

अब सत्तारुढ एमाले वा कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अर्को सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुन्छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएमा पनि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्छन् । तर प्रचण्ड राजीनामा दिने मुडमा छैनन् ।

अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाएर फिर्ता बोलाउने सम्भावना छ । नेपालको संविधानको धारा १०० मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिन सक्नेछन् । राजीनामा नदिएमा विश्वासको मत लिने अधिकतम अवधिसम्म उनी सरकारमा रहने संवैधानिक आधार कायम हुनेछ । उनले राजीनामा नदिए बढीमा १८ साउनसम्म प्रचण्ड सरकार कायम हुने सम्भावना रहन्छ ।

प्रधानमन्त्री दाहालले राजीनामा दिएमा वा प्रतिनिधिसभामा विश्वासको मत नपाएर उनी पदमुक्त भएमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने हुन्छ । र त्यसपछि नयाँ सरकार निर्माणले गति लिन्छ ।

संविधानको धारा ७६(१) मा प्रतिनिधिसभामा बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।

अहिले प्रतिनिधिसभामा कसैको पनि स्पष्ट बहुमत नभएकाले धारा ७६(२)अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । संविधानको धारा ७६ (२) मा दुई वा त्योभन्दा बढी पार्टीको समर्थन पाउने दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

कसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ?

काठमाडौं । यतिबेला निजामती विधेयकमा कीर्ते गरी ‘कुलिङ पिरियड’ हटाएको विषयले बजार तातेको छ । विधेयकमा नियोजितरुपमा ‘बाहेक’ शब्द घुसाएर

रामहरी खतिवडाले भने: निजामती विधेयकमा कर्मचारीले बेइमानी गरेको जस्तो देखियो

काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले कुलिङ पिरियड राख्ने मामलामा बेइमानी भएको स्वीकारेका छन् । उनले विधेयकमा कर्मचारीले

विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा कमब्याक हुने घोषणासँगै एमालेमा खैलाबैला मच्चिएको छ । खासगरी ओलीइतरका एमाले कार्यकर्ता नरम्ररी हौसिएका

१२ जिल्लामा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च

काठमाडौं । नेपालका विभिन्न १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षा हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान

Techie IT