Techie IT
Wednesday, December 3, 2025 | बुधबार, मंसीर १७, २०८२
२०८२ मंसीर १७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित

विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा कमब्याक हुने घोषणासँगै एमालेमा खैलाबैला मच्चिएको छ । खासगरी ओलीइतरका एमाले कार्यकर्ता नरम्ररी हौसिएका छन् । उनीहरु यस्तो सोचिरहेका छन् कि, अब बल्ल छहरी पायौं, एमाले नछाड्ने कारण भेटियो ।

एमालेका संस्थापनइतर मात्रै होइनन्, भण्डारी राजनीतिमा कमब्याक हुने घोषणाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल पनि हौसिएका छन् । उनीहरुको बुझाइमा अब बल्ल ओलीलाई साइड लगाउने मान्छे आए भन्ने छ । खासगरी एमालेभित्र पनि विद्या भण्डारीको साइडबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले कडा खेल खेलिरहेका छन् भने पार्टी अध्यक्ष ओलीको साइडबाट महासचिव शंकर पोखरेलले वकालत गरिरहेका छन् । अरु जे–जे भए पनि भण्डारीको घोषणाबाट ओली चिढिएका छन् ।

पछिल्लो समय पार्टी विधानले नै निर्दिष्ट गरेको ७० वर्षे उमेर हदको विपक्षमा अभिव्यक्ति दिँदै आएका ओलीले भण्डारीलाई आफ्नो भाग खोस्न आएको रुपमा बुझेका छन् । दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले तेस्रो कार्यकाल खान खोज्नु अस्वभाविक हो । तर, राष्ट्रपति भइसकेको मान्छे पार्टी राजनीतिमा झर्नु पनि गतिलो कदम होइन ।

कुरोको चुरो यो छ कि, विद्या भण्डारी राजनीतिमा फर्किदाँ प्रचण्ड–माधव किन मख्ख छन् ? उनीहरुले भण्डारीको कदमसँगै वामएकताको सम्भावना देखेका छन् । तर के त्यो सम्भावना छ ? विगतको पाठबाट झस्किनुपर्ने अवस्था छ । राजनीतिमा भण्डारीको पुनरागमनसँगै एमालेको पहिलो महिला पार्टी अध्यक्ष र पहिलो महिला प्रधानमन्त्रीको चर्चा हुन थालेको छ । लैंगिक कोणबाट हेर्दा ठिकै लागे पनि राष्ट्रपति भएकाहरु ओर्लिएर अरु पद खान थाल्नु राम्रो होइन । जे होस्, पुर्वराष्ट्रपति भण्डारीको पुनरागमनले नेपाली राजनीतिलाई तरंगित बनाएको छ ।

यसअघि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि माओवादीको राजनीतिमा फर्किसकेका छन् । सरकारी सुविधा त्यागेर राजनीतिमा आउने कुरालाई राम्रै मान्न पनि सकिएला । तर, देशको मायाले भन्दा पनि आफ्नै लाभका लागि कोही व्यक्ति आउनु र जानुले केही फरक पर्दैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनचाँदीको मूल्यमा निरन्त वृद्धि

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो

कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना

रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ ।

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

Techie IT