Techie IT
Wednesday, October 15, 2025 | बुधबार, असोज २९, २०८२
२०८२ असोज २९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा

नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा


काठमाडाैं । पछिल्ला दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हिमचिम बढेको छ । प्रचण्ड र देउवाबीच हिमचिम बढेपछि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भने तनावमा परेका छन् । खासमा देउवाले ३० मिनेट कान फुकेपछि नै प्रचण्ड संसदको अवरोध खुलाउन तयार भएका थिए ।

त्योबेलादेखि नै उनीहरुको हिमचिम बढेको हो । र पछिल्लो समय उनीहरुबीच निकै घनिष्टता बढेको पाइएको छ । यससँगै नेपाली राजनीतिमा अर्कैखाने खिचडी पाक्ने आकलन गरिएको छ । छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा रहेका देउवा जुनसुकै समीकरणबाट भए पनि त्यसको सुनिश्चितता चाहन्छन् ।

गठबन्धन फेरिरहँदा त्यो सम्भावना कम हुनेमा सचेत रहेका उनी अर्को विकल्प तयार नहुँदासम्म ओलीको साथ छोड्ने पक्षमा छैनन् । एमाले र रास्वपालाई बाहिर राखेर संख्या पुर्याउन भित्रभित्रै गृहकार्य चलेको भए पनि देउवाले प्रचण्डको विश्वास गरिसकेका छैनन् । ओलीले प्रत्येक भाषणमा ‘समयमै सत्ता हस्तान्तरण गर्छु’ भन्नुको कारण पनि त्यही हो । बुझिएअनुसार देउवासँगको पछिल्लो भेटमा प्रचण्डले त्यो विश्वास दिलाउन प्रयास गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनलाई बटमलाइन बनाएर जेठ १३ गतेदेखि संसद अवरोध गरेको माओवादी ३० गते पुग्दा नपुग्दै एकाएक सदन खोल्न तयार भयो । त्यसअघि प्रचण्डसहित माओवादी नेताहरूले छानविन आयोग–समिति गठनको सुनिश्चितता नहुँदासम्म कुनै हालतमा अडान नछोड्ने भनेका थिए । तर, संसदीय संघर्षमा सँगै रहेको रास्वपालाई अलपत्र पारेर एकाएक सत्तासँग सम्झौता गर्न पुग्यो ।

अमूर्त भाषमा लेखिएको दुई बुँदे सम्झौताको टालोले मुख छोपेर माओवादी नेतृत्व संसद खुलाउन तयार हुँदा कार्यकर्तापंक्ति भने आक्रोशित छ । त्यसो त, अग्नि सापकोटाको मुद्दासँग भिजिट भिसा प्रकरण साँटिएको भन्नेहरू पनि छन् ।

तर, बुझ्नुपर्ने कुरा के हो भने जनयुद्धकालीन मुद्दा खेपिरहेका सापकोटालाई कांग्रेस र माओवादीले मिलेर जोगाउन सम्भव छैन । किनभने सर्वोच्च अदालतमा विचाराधीन यो मुद्दा राजनीतिक सहमतिका आधारमा छिनोफानो हुनै सक्दैन ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

देशलाई प्रतिक्रान्तितिर मोडेको ओलीको निष्कर्ष, फेरि एमालेकै सरकार बन्ने दाबी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बर्बादीतिर मोडिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अर्यालको कामप्रति बालेन असन्तुष्ट, मीरा चौधरीलाई गृहमन्त्री बनाइदिन अनुरोध

काठमाडौं । अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति काठमाडौं महानगरका मेयर बालेन साह असन्तुष्ट भएको बुझिएको छ । अर्यालको कामप्रति असन्तुष्ट

कुन माया, कुन मोह ?

बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो,

माडागास्करमा पनि चर्कियो जेन जी आन्दोलन, देश छाडेर भागे राष्ट्रपति

काठमाडौं । अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको

प्रधानमन्त्री कार्कीको प्रष्टोक्तिः मैले कसैलाई चन्दा संकलन गर्न अनुमति दिएको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताएकी छन् ।

सुदन गुरुङले संगठनलाई कब्जा गरेको भन्दै स्वतन्त्र जेन जीले जनाए…

काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले

Techie IT