Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदेउवा र ओली आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने, पहिला ओलीको पालो ! (भिडिओसहित)

देउवा र ओली आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने, पहिला ओलीको पालो ! (भिडिओसहित)

सरकारको नेतृत्व गर्ने दलको भागमा १० र सहयोगीको भागमा ११ मन्त्रालय


काठमाडौं । फेरि सत्तासमीकरण फेरबदलको हल्लाले बजार पिटेको छ । खासगरी सत्ताघटक दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच बढेको द्वन्द्वले नयाँ समीकरणको बन्ने सम्भावनालाई बढाएको हो । र, यसका लागि अहिलेको गठबन्धनको विकल्प खोज्न कांग्रेस र एमालेको शीर्ष नेतृत्वबीच शृंखलाबद्ध छलफल भइरहेको छ । दुवै दलका दोस्रो तहका नेताबीचबीच सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने प्रयास भइरहेको छ । उनीहरुबीच सहमति भएमा १०–१५ दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बुझिएको छ ।

स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली नै शृंखलाबद्ध भेटवार्तामा छन् । जसकारण झस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा बोलाएर भेट गरे । भेटमा भएका कुराबारे कुनै नेताले पनि प्रतिक्रिया भने दिएका छैनन् ।

फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको थियो । तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए । सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको हो ।

कांग्रेस र एमालेबीच संसद्को बाँकी कार्यकालमा दुवै दलले आधा–आधा कार्यकाल सरकार चलाउने र प्रधानमन्त्री पाउने दलले १० र सहयोग गर्ने दलले ११ मन्त्रालय पाउनेसमेत सहमति भइसकेको छ ।

कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्री गगन थापा र नेता मीनेन्द्र रिजालले सुरुदेखि नै एमालेसँगको सहकार्यमा जोड दिँदै आएका थिए । एमालेबाट ओलीको विश्वासपात्रका रूपमा महासचिव शंकर पोखरेलले कांग्रेस नेताहरूसँग संवाद गरिरहेका छन् ।

अहिले खासगरी धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्ने विषयमा ओली र प्रचण्डबीच टकराव बढेको छ । त्यस्तै बजेटमा ‘जनयुद्ध’ शब्द राखेर त्यसका नाममा बजेट विनियोजन भएको भन्दै ओलीले आपत्ति जनाइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT