Techie IT
Friday, November 7, 2025 | शुक्रबार, कात्तिक २१, २०८२
२०८२ कात्तिक २१, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदेउवा र ओली आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने, पहिला ओलीको पालो ! (भिडिओसहित)

देउवा र ओली आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने, पहिला ओलीको पालो ! (भिडिओसहित)

सरकारको नेतृत्व गर्ने दलको भागमा १० र सहयोगीको भागमा ११ मन्त्रालय


काठमाडौं । फेरि सत्तासमीकरण फेरबदलको हल्लाले बजार पिटेको छ । खासगरी सत्ताघटक दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच बढेको द्वन्द्वले नयाँ समीकरणको बन्ने सम्भावनालाई बढाएको हो । र, यसका लागि अहिलेको गठबन्धनको विकल्प खोज्न कांग्रेस र एमालेको शीर्ष नेतृत्वबीच शृंखलाबद्ध छलफल भइरहेको छ । दुवै दलका दोस्रो तहका नेताबीचबीच सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने प्रयास भइरहेको छ । उनीहरुबीच सहमति भएमा १०–१५ दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बुझिएको छ ।

स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली नै शृंखलाबद्ध भेटवार्तामा छन् । जसकारण झस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा बोलाएर भेट गरे । भेटमा भएका कुराबारे कुनै नेताले पनि प्रतिक्रिया भने दिएका छैनन् ।

फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको थियो । तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए । सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको हो ।

कांग्रेस र एमालेबीच संसद्को बाँकी कार्यकालमा दुवै दलले आधा–आधा कार्यकाल सरकार चलाउने र प्रधानमन्त्री पाउने दलले १० र सहयोग गर्ने दलले ११ मन्त्रालय पाउनेसमेत सहमति भइसकेको छ ।

कांग्रेसभित्र नेता शेखर कोइराला, महामन्त्री गगन थापा र नेता मीनेन्द्र रिजालले सुरुदेखि नै एमालेसँगको सहकार्यमा जोड दिँदै आएका थिए । एमालेबाट ओलीको विश्वासपात्रका रूपमा महासचिव शंकर पोखरेलले कांग्रेस नेताहरूसँग संवाद गरिरहेका छन् ।

अहिले खासगरी धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्ने विषयमा ओली र प्रचण्डबीच टकराव बढेको छ । त्यस्तै बजेटमा ‘जनयुद्ध’ शब्द राखेर त्यसका नाममा बजेट विनियोजन भएको भन्दै ओलीले आपत्ति जनाइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन्…

चितवनमा सुरु भएको रास्वपाको विस्तारित बैठकमा केन्द्रीय नेताहरुले नै लेबी बुझाउन आनाकानी गरेपछि तनाव भएको छ ।

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

Techie IT