Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी

मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी

विज्ञप्तिबाजका बाबजुद लिंसङ्खु पाखरमा बस्नेतले गरे खानेपानी योजना उद्घाटन


काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् ।

माओवादीबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष राजु लामासँगै माओवादी पार्टी कमिटी र एमालेले आइतबार एक विज्ञप्ति जारी गर्दै बस्नेतलाई आयोजना उद्घाटन गर्न नदिने र जबरजस्ती गरे प्रतिकार गर्ने चेतावनी दिएका थिए । तर, सोमबार नाराजुलुशसहित निलम्बित सांसद एवम् पूर्वमन्त्री बस्नेत लिसङ्ख पाखर पुगेर खानेपानी आयोजना उद्घाटन गरे ।

जब बस्नेत सिन्धुपाल्चोक प्रवेश गरे तब लिसङ्खु पाखरका अध्यक्ष राजु लामाले फेसबुकमा लेखे, ‘सांसद माधव सापकोटा सुवोधको निर्देशनअनुसार मोहन बस्नेतलाई कसैले अवरोध नगर्नू !’ यसरी बस्नेतको दलबलसँग माओवादी डराएर पन्छिएपछि एक समारोहबीच खानेपानी आयोजना उद्घाटन भयो ।

यस्तै भोलि बस्नेतले सुनकोशी गाउँपालिकाको ठोकर्पामा बनेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्दैछन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT