Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि सिन्धुपाल्चोकको राजनीतिमा नयाँ तरंग

मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि सिन्धुपाल्चोकको राजनीतिमा नयाँ तरंग

एमाले–माओवादी हौसिए, कांग्रेसको एउटा गुटमा खुसीयाली


काठमाडौं । आफूलाई सिन्धुपाल्चोकको सरकार दाबी गर्ने नेता मोहन बस्नेतविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि सिन्धुपाल्चोको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।

मुद्दा दर्तासँगै बस्नेतको सांसद पद नै निलम्बन भएपछि जिल्लामा अनेकखाले अड्कलबाजी हुन थालेका छन् । अरु चर्चा जे–जे भए पनि अब मुद्दा किनारा नलागुन्जेल बस्नेत सांसद हुने हुने छैनन् । र, मुख्य कुरा २०८४ सालअघि मुद्दा फैसला नभए वा उनको विपक्षमा फैसला भएमा बस्नेत यहाँ चुनाव लड्न पाउने छैनन् ।

बस्नेत चुनाव नलड्नेबित्तिकै यहाँको राजनीतिले नै अर्को मोड लिने स्थिति छ । यतिसम्म कि, यहाँ नेपाली कांग्रेसभित्रै बस्नेतको उत्तराधिकारी छैनन् । काजी शैलीमा रजगज गरिरहेका बस्नेत एक्कासी किनारा लाग्ने अवस्था आएपछि कांग्रेसको एउटा खेमामा खुसीयाली नै छाएको छ । तर, दुर्भाग्य उनको विकल्पको रुपमा आफूलाई उभ्याउन सक्ने कोही पनि नेता छैनन् । जसको फाइदा लिने दाउमा छन्, एमाले र माओवादी ।

विगतमा एमाले र कांग्रेससँग मिलेर चुनाव जितेको माओवादीले पनि बस्नेत मैदानमा नहुनुलाई सहज रुपमा लिनेछ भने कांग्रेससँग हाराहारीको शक्तिमा रहेको एमालेले पनि आगामी चुनाव आफ्नो जितका लागि सजिलो हुने आकलन गर्न थालेको छ ।

तर, एमालेभित्र बढ्दो चरम गुटबन्दीले नतिजालाई उल्ट्याउने सम्भावना पनि उत्तिकै छ । त्यतिबेला चुनाव लड्न नपाए पनि मोहन बस्नेतले निर्बाह गर्ने भूमिका महत्वपूर्ण हुन्छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग 

दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर

लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ ।

दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ

काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान

संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन

काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै

Techie IT