Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि सिन्धुपाल्चोकको राजनीतिमा नयाँ तरंग

मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि सिन्धुपाल्चोकको राजनीतिमा नयाँ तरंग

एमाले–माओवादी हौसिए, कांग्रेसको एउटा गुटमा खुसीयाली


काठमाडौं । आफूलाई सिन्धुपाल्चोकको सरकार दाबी गर्ने नेता मोहन बस्नेतविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि सिन्धुपाल्चोको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।

मुद्दा दर्तासँगै बस्नेतको सांसद पद नै निलम्बन भएपछि जिल्लामा अनेकखाले अड्कलबाजी हुन थालेका छन् । अरु चर्चा जे–जे भए पनि अब मुद्दा किनारा नलागुन्जेल बस्नेत सांसद हुने हुने छैनन् । र, मुख्य कुरा २०८४ सालअघि मुद्दा फैसला नभए वा उनको विपक्षमा फैसला भएमा बस्नेत यहाँ चुनाव लड्न पाउने छैनन् ।

बस्नेत चुनाव नलड्नेबित्तिकै यहाँको राजनीतिले नै अर्को मोड लिने स्थिति छ । यतिसम्म कि, यहाँ नेपाली कांग्रेसभित्रै बस्नेतको उत्तराधिकारी छैनन् । काजी शैलीमा रजगज गरिरहेका बस्नेत एक्कासी किनारा लाग्ने अवस्था आएपछि कांग्रेसको एउटा खेमामा खुसीयाली नै छाएको छ । तर, दुर्भाग्य उनको विकल्पको रुपमा आफूलाई उभ्याउन सक्ने कोही पनि नेता छैनन् । जसको फाइदा लिने दाउमा छन्, एमाले र माओवादी ।

विगतमा एमाले र कांग्रेससँग मिलेर चुनाव जितेको माओवादीले पनि बस्नेत मैदानमा नहुनुलाई सहज रुपमा लिनेछ भने कांग्रेससँग हाराहारीको शक्तिमा रहेको एमालेले पनि आगामी चुनाव आफ्नो जितका लागि सजिलो हुने आकलन गर्न थालेको छ ।

तर, एमालेभित्र बढ्दो चरम गुटबन्दीले नतिजालाई उल्ट्याउने सम्भावना पनि उत्तिकै छ । त्यतिबेला चुनाव लड्न नपाए पनि मोहन बस्नेतले निर्बाह गर्ने भूमिका महत्वपूर्ण हुन्छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT