Techie IT
Friday, June 20, 2025 | शुक्रबार, असार ६, २०८२
२०८२ असार ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रयुवा संघको नेतृत्वका लागि आधा दर्जन नेता दौडधूपमा

युवा संघको नेतृत्वका लागि आधा दर्जन नेता दौडधूपमा

महासचिवमा महेश चौलागाईंदेखि निरोज पौडेलसम्मको चर्चा


काठमाडौं । नेकपा एमालेको सबैभन्दा शक्तिशाली र प्रभावशाली मानिने भ्रातृ संगठन युवा संघ नेपाल महाधिवेशनको संघारमा छ । जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा हुने दशौं महाधिवेशनबाट चुनिने नेतृत्वप्रति अहिले धेरैको चासो छ ।

करिब दुई हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले अध्यक्षसहित नौजना पदाधिकारी चुन्नेछन् । अधिवेशनबाट अध्यक्षको दौडमा अहिलेका अध्यक्ष क्षितिज थेवेदेखि अहिलेका महासचिव सुमन पुरीसम्म छन् । थेवेले भने सर्वसम्मत भएमात्रै आफू अध्यक्षमा दोहोरिने बताइरहेका छन् ।

त्यस्तै, दोलखाका महाराज गुरुङ, अहिलेका प्रवक्ता कृष्णहरि केसी र प्रकाश गौतमले पनि अध्यक्षका लागि दौडधुप गरिरहेका छन् । बुझिएअनुसार अन्तिममा थेवेले गुरुङलाई समर्थन गर्ने र गुरुङनै अध्यक्ष हुने सम्भावना प्रबल छ । त्यस्तै महासचिवमा सिन्धुपाल्चोकका महेश चौलागाईं, अहिलेका सचिव निरोज पौडेल, कुबेर अधिकारी, विनय शाह, खेम शर्मा र पर्वत भण्डारीले आकांक्षा व्यक्त गरेका छन् ।

यीमध्ये सिन्धुपाल्चोकका चौलागाईंको सम्भावना धेरै रहेको चर्चा छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’

देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन?

रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई…

भिजिट भिसा प्रकरणमा निरन्तर सदन अवरुद्ध गरिरहेको रास्वपाको भूमिकामाथि प्रश्न उठेको हो । उसले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दासँग

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा,…

काठमाडौं । चीनको तब्बत क्षेत्रमा मंगलबारदेखि भीषण वर्षा भइरहेको छ । उक्त वर्षातका कारण सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा बाढी

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली

ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने

काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका

Techie IT