गृहपृष्ठ ∕ मुख्यपत्र ∕ वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाई स्वर्णपत्र सोमबार, २०८२ वैशाख १ गते, १२:०४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । वैवाहिक बलात्कारमा जिल्ला अदालतबाट दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीले उच्च अदालतबाट सफाई पाएका छन् । वैवाहिक बलात्कार मुद्दामा आइतबार उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौंले करिव एक वर्ष अघि गत जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौंले गिरीलाई सात वर्ष कैद सयाज र तीन लाख जरिवानाको सजाय सुनाएको थियो । जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पनि माग दाबी अनुसार सजायको फैसला नभएको भन्दै उच्च अदालत पाटनमा नै रिट दायर गरेको थियो । पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्टी गर्दै गिरीलाई सफाइ दिइएको हो । सम्बन्ध विच्छेदपछि पनि पूर्व श्रीमतीलाई सहमति विना यौन सम्बन्ध राखेको भन्दै उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ३ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ४ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ५ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ६ नाटक: न्याय ७ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ८ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान