Techie IT
Wednesday, July 8, 2026 | बुधबार, असार २४, २०८३
२०८३ असार २४, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेन: भ्रम र यथार्थ (भिडिओसहित)

बालेन: भ्रम र यथार्थ (भिडिओसहित)

बोले पुग्ने भएपछि कसैले किन काम गरोस् !


यो देशमा एकजना मेयर छन्, जो राजनीतिक दलका नेताहरुलाई टुकुचामा गाड्छु भनेर फेसबुकमा स्टाटस लेख्छन् । अनि, देशका ‘कोड÷अनकोड सचेत नागरिकहरु’ उनको स्टाटस सेयर गर्दै भन्छन्– क्यावात मेयर बालेन, एउटै मुटु कतिपटक जित्छौ ? अनि रुटिन अफ नेपाल बन्द जस्ता न्यू मिडियाहरु बालेनको स्टाटस सेयर भएको संख्या गनेर घण्टैपिच्छे ब्रेकिङ न्यूज दिन्छन् । अनि, देशका अतिवौद्धिक वर्गका सञ्चारकर्मीहरु भन्छन्– बालेनको शैली मात्रै अलि कडा हो, भाव त एकदम ठिक छ । अनि, चिया–चौतारीतिर सुनिन्छ, बालेनले भनेजस्तै एक से एक नेताहरुलाई नगाडेसम्म देश बन्दैन, बरु उनीहरुलाई टुकुचामा होइन, सिसडोलमा लगेर गाड्नुपर्छ ! अनि, त्यसो भन्नेहरुकै पक्षमा परर ताली बज्छ ।

तर्क, विकर्त र कुतर्कबारे कुरा गर्नुभन्दा पहिला मेयर बालेनले उक्त स्टाटस लेखेको परिस्थितिबारे चर्चा गरौं । प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण काठमाडौं महानगरका सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब नपाएपछि बालेनले उक्त आक्रोशपूर्ण अभिव्यक्ति दिएको भनिएको छ । उनका समथर्कहरुले भन्छन्– संघीय सरकारले बालेनसँग जोरी खेलेर कर्मचारी नपठाउँदा गरिबको चुल्हो बल्न सकेन ।

अझ मान्छेहरु सिधैं भन्छन्– प्रधानमन्त्री केपी ओलीले बालेनलाई फ्ल्प खुवाउन प्रमुख प्रशासकीय अधिकृत पठाएनन् । तर के सत्य यहीं हो त ? होइन । किनभने यहाँ सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई काठमाडौं महानगरले काम गर्नै दिएन । कार्यालयमा ताला लगाएर प्रवेश नै निषेध गर्यो । अनाधिकृतरुपमा काठमाडौं टावरको नक्सापास गरेको भनेर अधिकृतमाथि छानबिन गर्न समिति बनायो । समितिले अधिकृत दोष देखाएन । तै पनि उनलाई कार्यालयमा प्रवेश गर्न दिइएन, अझैसम्म दिइएको छैन ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा महानगरका थुप्रै काम प्रभावित भएका छन् । यहाँको शिक्षकले तलब नपाएको चार महिना नाघिसक्यो । अरु कुनै विकासे योजनाको काम भएकै छैन । विकास बजेट खर्च गर्नै नसकेर तनाव छ । तर, महानगरका मेयर भने फेसबुकमा नेतालाई सरापेर नागरिकको मन जितिरहेका छन् ।

एउटा जिम्मेवार मेयरले कूटनीतिक हिसाबमा समस्याको समाधान गर्नुपर्ने हो । दुई–चार महिना पनि कर्मचारी नटिक्ने वातावरणको अन्त्य गर्नुपर्ने हो । तर, उनलाई काम गर्नभन्दा फेसबुकमा स्टाटस लेख्नै सजिलो लाग्छ । र, उनका अनुयायीहरु पनि त्यहीं चाहन्छन्– बालेनले काम गरे गरुन्, नगरे नगरुन् तर फेसबुकमा नेतालाई सराप्नुपर्यो !

प्रमुख प्रशासकीय अधिकृतको अभावमा महानगरका थुप्रै काम प्रभावित भएका छन् । यहाँको शिक्षकले तलब नपाएको चार महिना नाघिसक्यो । अरु कुनै विकासे योजनाको काम भएकै छैन । विकास बजेट खर्च गर्नै नसकेर तनाव छ । तर, महानगरका मेयर भने फेसबुकमा नेतालाई सरापेर नागरिकको मन जितिरहेका छन् ।

पछिल्लो समय विवाद चर्किएको काठमाडौं टावरको कथा बेग्लै छ । संघीय सरकारसँग टसल गरिरहेका बालेनले उक्त टावर भत्काउने तयारी गरेको बुझिएको छ । यसरी कुनै पनि निर्माणमा भन्दा भत्काउनेमै जोड दिँदा पनि बालेनकै पक्षमा जनमत बढ्छ । किनकि हामीजस्ता ‘कोड÷अनकोड बुद्धिजिबी’ धेरै भएको देश हो यो ।

एउटा मेयर, जो जनतासँग प्रत्यक्ष जोडिएर केही काम गर्दैनन् । पहिलाका राजपरिवारजस्तो अतिगोप्य र रहस्यमयी छ उनको व्यवहार र कार्यशैली । कुनै सञ्चारमाध्यममा आएर सवाल–जावफ गर्दैनन् । उठेका प्रश्नहरुको जवाफ दिँदैनन् । फुटपाथबाट व्यपारी हटाउने र दुई–चार ठाउँमा डोजर लगाएर घर–टहरा भत्काउनेबाहेक अरु केही काम गर्दैनन् । कहिले सिंहदरबारमा लगेर फोहोर फ्याँक्छन्, कहिले श्रीमती चढेको गाडीलाई ट्राफिकले चेक गर्यो भनेर सिंहदरबारनै जलाइदिन्छु भन्छन् । जहिल्यै नेतालाई तुच्छ भाषामा सराप्छन् मात्रै ! अब काम नगरी सरापेकै भरमा जनताको साथ पाउने भएपछि कोही कसैले किन केही काम गरोस् !

यहाँका नागरिक पनि अचम्मका छन् । बबरमहलमा आर्कब्रिज बनाउने संघीय सरकारलाई सराप्छन्, अनि पुलको छेउमा वडा कार्यालयले राखेको गमलाको फोटो खिचेर भन्छन्– क्याबात बालेन ! यतिसम्म कि, ललितपुरको पुल्चोक र भक्तपुरको सूर्यविनायकमा सडक आसपास फूलेका फूलको तस्वीर खिचेर फेसबुकमा राख्दै युवाहरु क्याप्सन लेख्छन्– वा ! सो नाइस बालेन सिटी !

यो एउटा यस्तो देश हो, यहाँ कसैले केही काम गर्नु पर्दैन । नेताले केही गरेन भनेर सराप्नेहरु ती हुन्– जो दिनभर चिया पसलमा लुडो खेलेर बस्छन् । दिमागमा नकरात्मकताभन्दा केही हुँदैन । बिहानभर चिया पसलमा गफ लडायो, साँझ भट्टीमा रमायो ! नेताले देश विगारे भनेर सराप्यो ! यत्ति गरे भयो । अरु केही गर्नु पर्दैन ।

अझ यसो भनौं, जसले जति चिच्याएर सराप्न सक्यो, उ नै रातारात नेता हुन्छ । त्यसको एउटा प्रतिनिधि पात्र हुन्– दुर्गा प्रसाईं । उनी एउटा यस्तो मान्छे हुन्– जसको दिमागमा नाफा–घाटाबाहेक केही छैन । न कुनै विचार छ, न कुनै एजेण्डा ! मनलाग्दी बालेको छ, सानो कुनै सूचनाको जगमा टेकेर विशाल–भ्रम पस्केको छ । बोल्ने भाषा उस्तै निकृष्ट, शैली उस्तो छुच्चो । कहिले महिलालाई हेपेको छ, कहिले पुलिसलाई ! ‘म प्रधानमन्त्री भएपछि पुलिसको तलब एक लाख बनाइदिन्छु’ भन्छन् । मान्छेहरु पत्याउँछन् । ‘हाम्रो सरकार आएपछि बैंक तथा लघुवित्तको सम्पूर्ण ऋण मिनाहा गरिदिन्छु’ भन्छन् । मान्छेहरु पत्याउँछन् । ‘फलानो नेताको फलनो देशमा यति सम्पत्ति छ’ भनेर नक्कली कागज बनाउँछन् । मान्छेहरु पत्याउँछन् । हो, नेतालाई पत्याउन छाडेका नागरिकहरु लेखपढ केही नजानेका वाइयात व्यापारीको कुरा पत्याउन अभिषप्त छन् ।

यो एउटा यस्तो देश हो, यहाँ कसैले केही काम गर्नु पर्दैन । नेताले केही गरेन भनेर सराप्नेहरु ती हुन्– जो दिनभर चिया पसलमा लुडो खेलेर बस्छन् । दिमागमा नकरात्मकताभन्दा केही हुँदैन । बिहानभर चिया पसलमा गफ लडायो, साँझ भट्टीमा रमायो ! नेताले देश विगारे भनेर सराप्यो ! यत्ति गरे भयो । अरु केही गर्नु पर्दैन ।

एउटा मान्छे हिजो राजातन्त्र फाल्न भनेर माओवादी लाग्यो । माओवादीमा चुनावमा टिकट नपाएपछि एमालेमा गयो । एमालेबाट पनि टिकट नपाएपछि राजावादी भयो । अनि अहिले राजाको शासन आएपछि प्रधानमन्त्री भएर सबका सबको उद्दार गर्छु भनिरहेको छ । र, उनको कुरालाई धेरैले पत्याइरहेका छन् ।

बालेन र प्रसाईं त प्रतिनिधि पात्र मात्रै हुन् । यहाँ यस्ता थुप्रै पात्र छन्– जोसँग अरुलाई सराप्नेबाहेक अरु कुनै आइडिया छैन, तिनीहरु रातारात हिरो भइरहेका छन् । नेपालमा राजनीतिक दलले जनताको चाहनाअनुसार काम गर्न नसकेको सत्य हो । तर यसको दोष अहिलेको व्यवस्था वा केही नेताको मात्रै होइन । किनकि, यहाँका केही प्रणालीहरुमा निर्मम अपरेशन गर्न जरुरी छ । जस्तैः नेपालमा चाहिएको संघीयता अहिलेकै जस्तो हो ? होइन । संघीयता सही भए पनि यसको गुणस्तरीय सुधार जरुरी छ । कर्मचारी तन्त्रको पुनःसंरचना नगरी नेपाल समृद्ध हुन सम्भवै छैन । त्यस्तै प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रप्रमुख हुँदा राजनीतिक अस्थिरता कम होला ! या अरु थुप्रै विषय छन्, जुन सुधार गर्न जरुरी छ । तर, सरापेकै भरमा नेता हुने र भीडको सन्तोषका लागि जे पनि बोल्ने प्रवृत्ति निकै घातक हुन्छ ।

भनिन्छ– निरंकुशताभन्दा लोकप्रियताको हावा निकै खतरनाक हुन्छ । तर नेपालमा अहिले यहीं लोकप्रियतावादले धेरैलाई गाँजेको छ । कुनै प्रष्ट विचार नभएकाहरुको एउटा विशेषता हुन्छ– जता भिडको लहर बढ्ने सम्भावना हुन्छ, त्यतै ढल्कने । नेपालका केही मुख्य राजनीतिक शक्ति पनि यहीं प्रवृत्तिबाट ग्रस्त छन् । त्यसैले समृद्ध मुलुकका लागि लोकप्रियताको रुझानलाई भन्दा तथ्यलाई हेरेर सोचौं, बुझौं र अघि बढौं ।

हेर्नुहोस् भिडिओ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र…

नेपालको भन्सार प्रणालीबाट सङ्कलित राजस्व राष्ट्रिय बजेटको प्रमुख स्रोत हो। तर संघीय संरचनामा भन्सार राजस्व प्रत्यक्ष रूपमा स्थानीय समुदायको विकाससँग

Techie IT