Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रभूमि अध्यादेशविरुद्ध परेको मुद्दामा प्रधानमन्त्री कार्यालयको आपत्ति

भूमि अध्यादेशविरुद्ध परेको मुद्दामा प्रधानमन्त्री कार्यालयको आपत्ति


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गराउने मनसायले भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा हालिएको दाबी गरेको छ ।

संसद अधिवेशन नरहेका बेला सरकारले गत माघ २ गते भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

यससम्बन्धमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले सर्वोच्च अदालतमा लिखित कारण पेस गरेका छन् । जसमा ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गराउने मनसायले भूमि अध्यादेशविरुद्ध मुद्दा हालिएको दाबी गरिएको छ ।

‘विपक्षीको सम्रग निवेदन ब्यहोरा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक र पूर्वाग्रह देखिन्छ । यसको परिणाम निजले सम्माननीय प्रधानमन्त्रीको पदमुक्तिको आदेश माग गरेबाट प्रष्ट हुन्छ । निवेदकको मागदाबीबाटै राजनीतिक प्रक्रियाबाट नियुक्त प्रधानमन्त्रीलाई निजको आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न न्यायिक प्रकियाबाट पदमुक्त गराउने मनसाय देखिन आएको छ’, लिखित जवाफमा उल्लेख छ ।

विपक्षीको निवेदन अदालतलाई राजनीतिक विवादमा समाहित गर्ने भावनाबाट प्रेरित रहेको दाबी लिखित जवाफमा छ । अदालतबाट न्यायनिरुपण योग्य नभएको विषयमा आदेश माग गरेबाट निवेदकको बदनियत पुष्टि हुने प्रधानमन्त्री कार्यालयले लेखेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT