Techie IT
Tuesday, July 15, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध

विवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध


काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त कलेजहरूको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको छ। काठमाडौं उपत्यकाका प्रमुख केही कलेजमा विद्यार्थी संगठनहरूबिच विवाद हुँदा मनोनयन दर्ता हुन नसके पनि साढे दुई सय बढीमा उम्मेदवारी दर्ता भएको छ।

विद्यार्थी संगठनहरूबिच विवाद हुँदा काठमाडौंको थापाथली कलेजमा उम्मेदवारी दर्ता हुन नसकेन। उम्मेदवारी दर्ता गराउने समयमा विद्यार्थीका संघसंगठनले विभिन्न बखेडा खडा गरी अवरुद्ध गरिदिए। केन्द्रीय कार्यतालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय रहे पनि क्याम्पस निर्वाचन समितिले आफूअनुकूल समय तोक्ने अधिकार केन्द्रीय निर्वाचन समितिले दिए पनि २ बजेपछि समय सकिएको भन्दै माओवादी केन्द्रनिकट क्रान्तिकारी विद्यार्थी संगठनले अरू संगठनलाई उम्मेदवारी दर्ता गर्न नदिएपछि कलेजमा तोडफोड र तालाबन्दी भएको थियो।

यति मात्र होइन, शंकरदेव कलेजमा विभिन्न विद्यार्थी संगठनहरूले आ–आफ्ना उम्मेदवारको नाम टुंगो लगाउन सम्बन्धित दलका नेताहरूले टिकट नदिएका कारण यस कलेजमा पनि विद्यार्थीको तालाबन्दी भयो र निर्वाचन प्रक्रिया अवरुद्ध भयो। यस कलेजमा माधवकुमार निकट समाजवादी विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।

नेपाल ल क्याम्पसमा मतदाता नामावलीमा दाबीविरोधको समय एक घन्टा अपुग भएको भन्दै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गर्‍यो। विश्वविद्यालय तथा कलेजमा स्ववियुको निर्वाचन हुनु भनेको निर्वाचित स्ववियुले विश्वविद्यालय तथा कलेजमा उच्च शिक्षा हासिल गर्न भर्ना भएका विद्यार्थीको शैक्षिक तथा प्राज्ञिक हकहितका लागि काम गर्ने हो। यसका लागि कलेज तथा विश्वविद्यालय र विद्यार्थीबीच उत्पन्न हुने समस्याको समाधन गर्न सहजकर्ताको भूमिका खेल्ने हो।

तर मंगलबार देखिएको उम्मेदवारी दर्ताले विश्वविद्यालय तथा कलेजहरूमा दलीय भागबन्डामा नियुक्ति भएका पदाधिकारीहरूले आफ्नो स्वार्थका लागि भूमिका खेलेको र विद्यार्थीका नेताहरू पनि विद्यार्थीको हितभन्दा पनि विश्वविद्यालय र कलेजमा राजनीति पकड मजबुत गर्ने खेल खेलेको स्पष्ट भएको छ। किनभने जुन विद्यार्थीको जहाँ पकड छ, त्यो संगठन निर्वाचन गराउने पक्षमा देखियो आफ्नो दल र गुटको पकड नभएको देखिना साथ निर्वाचन अवरुद्ध गरिदिने विकृति देखियो।

काठमाडौंको शंकरदेव, पब्लिक युथ कलेज, नेपाल ल क्याम्पस, सरस्वती कलेज, विश्वभाषा कलेज, थापाथली कलेज, आयुर्वेद कलेज, जनकपुरको रारा बहुमुखी क्याम्पस, सिराहा क्याम्पस सिराहा, बुटवल बहुमुखी कलेज बुटवल, भैरवा क्याम्पस भैरवालगायत ११ आंगिक कलेजहरूमा निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ। अन्य आंगिक कलेज र सम्बन्धन प्राप्त गरी २५० बढी कलेजमा निर्वाचन प्रक्रिया अघि बढेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरसंघर्षको नयाँ मोडमा एमाले !

समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै

भाटभटेनीका साहुजीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– दान गर्ने क्षमता…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभाटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरुङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भाटभटेनीले त्रिवि शिक्षण

हस्ताक्षर संकलनको आवरणमा सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा

काठमाडौं । हस्ताक्षरसँगै सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा परेको छ । रास्वपाका अनुसार अहिलेसम्म १६ लाखजति हस्ताक्षर संकलन भएको

बालेन र हर्क पनि रास्वपामै मिसिन तयार

काठमाडौं । २०८४ सालको चुनावसम्ममा मेयरद्वय बालेन शाह र हर्क साम्पाङ पनि रास्वपामै मिसिनेगरी तयारी भइरहेको बुझिएको छ । रास्वपा

गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन

डिपी अर्यालको अर्को काण्ड पनि बाहिरियो

काठमाडौं । रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको अर्को काण्ड बाहिरिएको छ । अर्यालले १२ वर्षअघि जापान बस्दा शर्तविपरीत रकम डिपोजिट

Techie IT