Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा

पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा


काठमाडौं । सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू पनि पार्टी सभापतिको लागि उम्मेदवार रहेको प्रस्ट पारेका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताए ।

‘जुन पदमा म छु त्योभन्दा तल जान म तयार छैन’ उनले भने । उनले अगाडि भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’

साथै पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको पनि उनले बताए। ‘आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ,’ उनले भने ‘सभापति पदका लागि विभिन्न नेताहरूले दाबी छ ।’

पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको बताउँदै प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्ने बताए । पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्ने बताए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT