Techie IT
Tuesday, July 15, 2025 | सोमबार, असार ३०, २०८२
२०८२ असार ३०, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रउच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, अध्यादेशको विषयमा छलफल हुने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, अध्यादेशको विषयमा छलफल हुने


काठमाडौं । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । बेलुका ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।

सरकारले ल्याएको अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अगाडि बढ्न सकेको छैन।

गत साता नै सत्तापक्षको बैठक बसेर अगाडि बढाउने तयारी गरेपछि राष्ट्रियसभामा निर्णायक जसपा नेपालले भूमि अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि सरकार अफ्ठेरोमा परेको छ। भोलिको बैठकमा अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरसंघर्षको नयाँ मोडमा एमाले !

समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै

भाटभटेनीका साहुजीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– दान गर्ने क्षमता…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभाटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरुङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भाटभटेनीले त्रिवि शिक्षण

हस्ताक्षर संकलनको आवरणमा सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा

काठमाडौं । हस्ताक्षरसँगै सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा परेको छ । रास्वपाका अनुसार अहिलेसम्म १६ लाखजति हस्ताक्षर संकलन भएको

बालेन र हर्क पनि रास्वपामै मिसिन तयार

काठमाडौं । २०८४ सालको चुनावसम्ममा मेयरद्वय बालेन शाह र हर्क साम्पाङ पनि रास्वपामै मिसिनेगरी तयारी भइरहेको बुझिएको छ । रास्वपा

गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन

डिपी अर्यालको अर्को काण्ड पनि बाहिरियो

काठमाडौं । रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको अर्को काण्ड बाहिरिएको छ । अर्यालले १२ वर्षअघि जापान बस्दा शर्तविपरीत रकम डिपोजिट

Techie IT