Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअझै सुल्झेन अखिल क्रान्तिकारीको विवाद, मतगणना अनिश्चित

अझै सुल्झेन अखिल क्रान्तिकारीको विवाद, मतगणना अनिश्चित


काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा विवाद हुँदा काठमाडौंमा मतगणना सुरू हुन सकेको छैन । शनिबार मतदान सम्पन्न भएकामध्ये भूगोलका सात प्रदेशको गणना सकिइसकेको छ । तर गैरभूगोलका उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको गणना भने सुरू नै हुन सकेको छैन ।

काठमाडौंको भृकुटीमण्डपमा रहेको वाल्मीकि क्याम्पसमा दुई प्रदेशको मतदान भएको थियो । त्यहाँ ५२२ मत खसेको छ । मतदान सकिएर गणना सुरू गर्ने छलफल क्रममा भएको विवाद अहिलेसम्म समाधान नहुँदा तीन दिनदेखि मतपेटिका वाल्मीकिमा थन्किएको हो ।

आइतबार पनि मतणना सुरू नभएपछि निर्वाचन समितिले अर्को सूचना जारी गरी सोमबार मध्याह्न १२ बजेदेखि मतगणना सुरू हुने जानकारी गराएको थियो । तर सोमबार पनि मतगणना सुरू हुन सकेन । भूगोलका सात प्रदेशको गणना हुँदा अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा टक्कर देखिएको छ । सापकोटा ४८५ र राईले ४६१ मत ल्याएका छन्।

त्यस्तै उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT