Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफेरि सुरु भयो नेकपा ब्युँताउने गहृकार्य, विद्या भण्डारीलाई नेता मान्न माओवादी सकारात्मक 

फेरि सुरु भयो नेकपा ब्युँताउने गहृकार्य, विद्या भण्डारीलाई नेता मान्न माओवादी सकारात्मक 


काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । जसका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई समेत राजनीतिमा सक्रिय बनाउन लागिएको छ ।

भण्डारीलाई एमालेको अध्यक्ष बनाउने र विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्दै पुनः नेकपा ब्युँत्याउन लागिएको हो । एमालेसहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एमालेबाट विभाजन भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका दललाई पुनः एकीकरण गर्नका लागि शीर्ष नेताहरू नै लागेका छन् ।

गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति भइसकेकी भण्डारीलाई नै पहिलो महिला प्रधानमन्त्री बनाउनुपर्ने पनि केही नेताको भनाइ छ । भण्डारी अध्यक्ष भए पार्टी एकता गर्दै नेकपा ब्युँत्याउनका लागि प्रचण्ड, नेपालसहित झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरूले ‘ग्रिन सिंग्नल’ दिइसकेको दाबी गरिएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका साथै नेताहरू गोकुल बाँस्कोटा, कर्ण थापा, शेरधन राई, विनोद ढकाल, डा. विमला राई पौड्याललगायतका नेताहरू अहिले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन जोडबल गरिरहेका छन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT