Techie IT
Wednesday, July 16, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म

नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म


काठमाडौं । नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छयाङबीच ग्रेट हल अफ पिपलमा उक्त सम्झौता भएको हो ।

दुई देशबीच व्यापार वृद्धिका लागि नेपालबाट भैंसीको मासु निर्यात गर्ने, टोखा–खहरे टनेल मार्ग निर्माण गर्ने, चिनियाँ समाचार एजेन्सी सिन्हुवा र राष्ट्रिय समाचार समितिबीच सहकार्य गर्ने, नेपालमा चाइनिज भाषा विकास कार्यक्रम सञ्चालन गर्ने, चीनले बसन्तपुर क्षेत्रमा पुनर्निर्माण गरेको संरचना हस्तान्तरण गर्नेसँगै चाइना मिडिया ग्रुप र नेपाल टेलिभिजनबीच सहकार्यलगायत विषयमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए । प्रधानमन्त्रीको हैसियतमा ओली २०७३ र २०७५ मा पनि चीन गएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मोबाइल इन्टरनेटबाट थ्रीजी सेवा हटाउँदै टेलिकम र एनसेल

काठमाडौं । अब नेपालमा मोबाइल इन्टरनेट प्रविधिबाट थ्रीजी सेवा हट्ने भएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले थ्रीजी

काठमाडौं उपत्यकासहित ३६ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्याकासहित देशका ३६ जिल्लामा भारी वर्षा हुने आकलन गरिएको छ । कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा भारी वर्षाको

राजावादी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने तयारी, नयाँ संयोजक खोज्दै…

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित समितिले संयोजकको बहिर्गमनपछि आन्दोलनलाई नयाँ स्वरूप दिने घोषणा गरेको छ । समितिले आन्दोलनलाई साझा

एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती

एमालेको राजनीतिमा पुनरागमन गर्न लागेकी पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि चुनौतीको चाङ नै लागेको छ । अहिलेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी

सरकार एक वर्ष पुगेको उपलक्ष्यमा मन्त्रीहरु फेर्दै प्रधानमन्त्री 

सरकारको एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् । सत्ता साझेदार कांग्रेस र

घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज

Techie IT