गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रुपन्देहीबाट कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रविलाई पोखरा पठाइँदै रुपन्देहीबाट कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रविलाई पोखरा पठाइँदै स्वर्णपत्र बिहीबार, २०८१ कात्तिक २९ गते, १२:४९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका व्यवसायी कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाका सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष रहेका रम्तेललाई सहकारी ठगीमै अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा रूपन्देहीबाट काठमाडौं ल्याइएको हो । रम्तेलले सूर्यदर्शनका तत्कालीन अध्यक्ष जीबी राईले आफूलाई कोषाध्यक्ष बनाइदिएको बयान दिएका थिए । जीबीसँगको सहकार्यबारे रम्तेलले नेचर नेष्ट प्रालिमा २०७४ सालदेखि बजार व्यवस्थापकको रूपमा नियुक्ति भएको बताउँदै आएका छन् । यसै सिलसिलामा नेचर नेष्ट प्रालीका कार्यकारी अध्यक्ष जीबीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा कोषाध्यक्ष पदमा राखिदिएको बयान रम्तेलको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था पनि आफूलाई जानकारी नगराई सचिव बनाइएको उनको दाबी छ । यस्तै, सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. वीरगञ्ज, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत थाहै नदिईकन कोषाध्यक्ष बनाइएको बयान रम्तेलले यसअघि नै सहकारी ठगी विशेष छानबिन समितिमा दिएका थिए । सोही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भने रुपन्देहीबाट पोखरानै पठाउने बुझिएको छ । #कुमार रम्तेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल । ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको… काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्। बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ३ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ अपडेट: १९ यात्रु थिए दुर्घटना भएको जहाजमा, पाइलटको उद्धार ६ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ७ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ८ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन