गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सीआईबीसँगको बयानमा धनराजले भने- सहकारीका कारण श्रीमतीसँगै सम्पत्ति र इज्जत पनि गुम्यो सीआईबीसँगको बयानमा धनराजले भने- सहकारीका कारण श्रीमतीसँगै सम्पत्ति र इज्जत पनि गुम्यो स्वर्णपत्र बिहीबार, २०८१ कात्तिक २९ गते, १२:४७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफूले पत्नीसँगै इज्जत र सम्पत्ति गुमाएको बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई ६ घण्टा लामो बयान दिँदै उनले आफूले गल्ती नगर्दा पनि पत्नीका कारण सबैथोक गुमाउनु परेको बयान दिएका हुन् । आफूले पत्नीसँग गरेको सम्बन्धविच्छेद नक्कली नभएको समेत उनले बताएका छन् । सिआइबीले गुरुङसँग बुधबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म ६ घण्टा बयान लिएको थियो । सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ’लाई कारबाही सिफारिस गरेको छ । सिफारिसका आधारमा गुरुङमाथि अनुसन्धान नभएको भन्दै आलोचना पनि भइरहेको थियो । धनराज गुरुङ र ज्योति गुरुङ पति–पत्नी भए पनि २९ फागुन २०७६ मा सम्बन्ध विच्छेद भएको थियो । सिआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड रुपैयाँ हिनामिनाको आरोपसम्बन्धी बयानमा कागज पनि गराएको छ । #धनराज गुरुङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कथा: स्वर्ग-नर्क माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् । नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि… नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ? काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा लोकप्रिय १ सिनामंगलको होटलमा मृत भेटिए दम्पती, दुवैजना शनिबार क्यानडाबाट फर्किएको खुल्यो २ बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) ३ घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन ४ यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? ५ प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता ६ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ७ नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म