Techie IT
२०८१ मंसीर २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकुलमानले दोस्रोपटक सोधेको स्पष्टीकरणको पनि जवाफ दिएनन्, अब के हुन्छ ?

कुलमानले दोस्रोपटक सोधेको स्पष्टीकरणको पनि जवाफ दिएनन्, अब के हुन्छ ?


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दोस्रोपटक सोधिएको ६ बुँदे स्पष्टीकरणको पनि जवाफ नदिएपछि सरकार अन्योलमा परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोधेको जवाफ नआएपछि अब कुलमानलाई कारबाही गर्ने कि नगर्ने भनेर सरकार अन्योलमा परेको हो ।

कात्तिक १३ गते ऊर्जासचिव सुरेश आचार्यले बिदा बाहेक सात दिनको म्याद दिएर घिसिङलाई स्पष्टीकरण पत्र पठाएका थिए । सरकारले यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण मागेको थियो । अहिलेको स्पष्टीकरणमा पहिलेको जवाफ किन समयमा नपठाएको, डेडिकेटेड र ट्रंकलाइनको महसुल किन समयमै नउठाएको, मन्त्रालय मातहतको निकाय भए पनि सबै जानकारी किन माथि नदिएको जस्ता विषय समेटिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

बुझिएअनुसार ऊर्जामन्त्री खड्का अब जसरी पनि कुलमानलाई प्राधिकरणबाट हटाउने पक्षमा छन् । त्यहीकारण आइतबार मन्त्रिपरिषदले काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कथा: स्वर्ग-नर्क

माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था

प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् ।

नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि…

नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको

राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी

काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा

Techie IT