Techie IT
Tuesday, July 15, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने

बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने


काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र १५ औं महाधिवेशनको चर्चा शुरू भएसँगै वरिष्ठ नेता डा. शेखर कोइराला पार्टीको आन्तरिक राजनीतिमा सशक्त बन्दै गएका छन् । १४औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा समूहमा रहेका शक्तिशाली नेताहरू कोइरालासँग नजिकिएसँगै कोइराला समूह थप बलियो बनेको हो ।

विधानअनुसार २०८२ मंसिरमा कांग्रेसको १५औं महाधिवेशन हुनुपर्नेछ । कांग्रेसको विधानबमोजिम २ कार्यकाल सभापति भइसकेका देउवा फेरि उम्मेदवार हुन पाउँदैनन् । त्यसो हुँदा देउवा निकटमा धेरै नेताहरूले अर्को महाधिवेशनमा नेता छान्ने बताएका छन् । संस्थापन समूहका प्रभावशाली नेता केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले समेत आगामी पार्टी नेतृत्वमा डा. शेखर कोइरालाका पक्षमा उभिने संकेत गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतको प्रभाव कांग्रेसको आन्तरिक संगठनमा राम्रै मानिन्छ । १४औं महाधिवेशनको पहिलो चरणमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि, कल्याण गुरुङसहित ५ जना सभापतिका उम्मेदवार थिए । त्यस बेला रामचन्द्र–शेखर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र रामचन्द्र पौडेलमात्रै नभई कोइराला परिवारकै सदस्यहरू पूर्वमहामन्त्री शशांक कोइराला र नेता सुजता कोइरालाले समेत देउवालाई साथ दिएपछि शेखरले हार बेहोर्नुपरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरसंघर्षको नयाँ मोडमा एमाले !

समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै

भाटभटेनीका साहुजीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– दान गर्ने क्षमता…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभाटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरुङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भाटभटेनीले त्रिवि शिक्षण

हस्ताक्षर संकलनको आवरणमा सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा

काठमाडौं । हस्ताक्षरसँगै सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा परेको छ । रास्वपाका अनुसार अहिलेसम्म १६ लाखजति हस्ताक्षर संकलन भएको

बालेन र हर्क पनि रास्वपामै मिसिन तयार

काठमाडौं । २०८४ सालको चुनावसम्ममा मेयरद्वय बालेन शाह र हर्क साम्पाङ पनि रास्वपामै मिसिनेगरी तयारी भइरहेको बुझिएको छ । रास्वपा

गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन

डिपी अर्यालको अर्को काण्ड पनि बाहिरियो

काठमाडौं । रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको अर्को काण्ड बाहिरिएको छ । अर्यालले १२ वर्षअघि जापान बस्दा शर्तविपरीत रकम डिपोजिट

Techie IT