Techie IT
Friday, April 18, 2025 | शुक्रबार, वैशाख ६, २०८२
२०८२ वैशाख ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअब के होला दीपक मनाङ्गेको सांसद पद ? कति वर्ष बस्नुपर्ला जेल ?

अब के होला दीपक मनाङ्गेको सांसद पद ? कति वर्ष बस्नुपर्ला जेल ?


काठमाडौं । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि राजीव गुरूङ अर्थात् दीपक मनाङेको सांसद पद के हुन्छ र उनी कति वर्ष जेल बस्नुपर्छ भन्ने प्रश्न उठेको छ । मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन् । उनी पहिले केही समय जेल बसेर छुटेका थिए । अब उनी कति समय जेल बस्नुपर्छ भन्ने चाहिँ स्पष्ट हुन सकेको छैन ।

हाल सर्वोच्चको फैसला मात्र आएको, लिखित संक्षिप्त आदेश पनि नआएकाले उनको सांसद पद के हुन्छ र जेल अवधि के कति हो भन्नेबारे अहिले यकिनसाथ भन्न नसकिने बताइएको हो । संविधान अनुसार मनाङेको सांसद पद रिक्त रहने कि नरहने भन्ने फैसलाको पूर्णपाठ आएपछि मात्रै थाहा हुने कानुनविदहरु बताउँछन् ।

प्रदेश सांसद कुनै अभियोगमा पक्राउ परे वा अभियोग ठहर भएमा कैद भुक्तानीको अवधिभर निलम्बित हुने र उसको पारिश्रमिक, सेवा सुविधा मात्र रोक्का हुने प्रदेश सभा नियमावलीमा उल्लेख छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT