Techie IT
Friday, June 12, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअब के होला दीपक मनाङ्गेको सांसद पद ? कति वर्ष बस्नुपर्ला जेल ?

अब के होला दीपक मनाङ्गेको सांसद पद ? कति वर्ष बस्नुपर्ला जेल ?


काठमाडौं । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि राजीव गुरूङ अर्थात् दीपक मनाङेको सांसद पद के हुन्छ र उनी कति वर्ष जेल बस्नुपर्छ भन्ने प्रश्न उठेको छ । मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन् । उनी पहिले केही समय जेल बसेर छुटेका थिए । अब उनी कति समय जेल बस्नुपर्छ भन्ने चाहिँ स्पष्ट हुन सकेको छैन ।

हाल सर्वोच्चको फैसला मात्र आएको, लिखित संक्षिप्त आदेश पनि नआएकाले उनको सांसद पद के हुन्छ र जेल अवधि के कति हो भन्नेबारे अहिले यकिनसाथ भन्न नसकिने बताइएको हो । संविधान अनुसार मनाङेको सांसद पद रिक्त रहने कि नरहने भन्ने फैसलाको पूर्णपाठ आएपछि मात्रै थाहा हुने कानुनविदहरु बताउँछन् ।

प्रदेश सांसद कुनै अभियोगमा पक्राउ परे वा अभियोग ठहर भएमा कैद भुक्तानीको अवधिभर निलम्बित हुने र उसको पारिश्रमिक, सेवा सुविधा मात्र रोक्का हुने प्रदेश सभा नियमावलीमा उल्लेख छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT